• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   नेफेजद्वारा डढेलो नियन्त्रण र तत्काल राहत वितरण गर्न आग्रह ★   सुनको मूल्य तोलामा रु एक हजार एक सयले घट्यो ★   रास्वपा सचिवालयको बैठकमा आज के हुँदैछ ? ★   खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर ★   ‘प्रेस स्वतन्त्रताबिना उन्नत लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन’ ★   ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ ★   राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना ★   हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो ★   आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ★   सञ्चार मन्त्रालयको विज्ञप्तिपछि चल्न थाल्यो इन्टरनेट

पोखरामा आगामी सेप्टेम्बरदेखि हट एयर बलुन उडान सुरु हुने



पोखरा । मनसुनका कारण रोकिएको पोखराको हट एयर बलुन आगामी सेप्टेम्बरदेखि पुन: सञ्चालनमा आउने भएको छ ।

मौसममा सुधार भएसँगै करिब तीन महिना रोकिएको हट एयर बलुन सेप्टेम्बर १ देखि सुरु गर्न लागिएको हो ।

पोखराको साहसिक पर्यटनलाई ध्यानमा राख्दै पुन: सुचारु गर्न लागेको बेलुन नेपालका अध्यक्ष विक्रम बादेले जानकारी दिए । पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको छ ।

करिब ६ हजार फिट माथिसम्म उड्ने हट एयर बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट मान्द्रेढुङ्गाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

विगतमा एक मात्रै बेलुन उडाइरहेको बेलुन नेपालले अब २ वटा उडाउने अध्यक्ष बादेले जनाए । बिहान र बेलुका गरी दुई सिफ्टमा उडाइने बलुन अमेरिकी र भियतनामी गरी दुई जना पाइलटले उडाउनेछन् ।

हट एयर बलुनमा उड्नका लागि नेपाली पर्यटकलाई ९ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ भने सार्क मुलुकका लागि १०० डलर र अन्य मुलुककालाई १३० डलर शुल्क कायम छ । यस्तै कम्पनीले नेपाली पर्यटकले रिजर्भ गरी प्राइभेट उडान गर्न चाहेमा आधा घण्टाको ५५ हजार र एक घण्टाको ८० हजार रुपैयाँ तोकेको छ ।