२१ श्रावण २०८३, बिहीबार
,
Latest
हिन्दु अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापनाको एजेन्डासहित ‘जय नेपाल पार्टी’ घोषणा उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना न्यायोचित भाडादर र राइडरको हकहितका लागि ‘इन्ड्राइभ’ कार्यालय घेराउ (तस्बिरहरु) नागेन्द्र साह बने नेपाल आयल निगमका कार्यकारी निर्देशक मर्दी पदयात्राबाट फर्किने क्रममा सम्पर्कविहीन तीन युवाको सकुशल उद्धार जनकपुर यातायात कार्यालयले एक वर्षमा उठायो रु ५७ करोडभन्दा बढी राजस्व १५ भदौसम्मका लागि संसदको कार्यतालिका सार्वजनिक, १० दिन मात्र बैठक बस्ने दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु ‘हेलो सरकार’मा एक वर्षमा झण्डै ७० हजार गुनासा, प्रणाली स्तरोन्नतिको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाको बैठक दिउँसो ३:१४ बजेलाई सारियो



file
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको बैठक सरेको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ बजे बस्ने भएको हो ।

सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले आज जारी गर्नुभएको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले सवा दुई घण्टा ढिला सारिएको उल्लेख छ ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ । विगत एक महिनादेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण सङ्घीय संसद्को दुवै सदनका बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित हुने गरेको छ । रासस