१९ श्रावण २०८३, मंगलवार
,
Latest
शैक्षिक परामर्श तथा भाषा शिक्षणसम्बन्धी २०७३ को निर्देशिका खारेज गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता सुरु माकलबारी–देशे सडक विस्तारमा नेपाली सेनासँग विवाद नभएको सांसद पाण्डेको स्पष्टोक्ति प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत मुन्दडाको घरमा खानतलासी गर्ने मोरङ प्रहरी प्रमुखसँग स्पष्टीकरण माग सुकुम्बासी समस्या समाधानका लागि सात दिनभित्र एकीकृत कार्ययोजना ल्याउन माग काँग्रेसले भन्यो ‘मधेसमा ज्यान जानेगरी गोली चलाउने अवस्था कसरी आयो, सरकारले चित्तबुझ्दो जवाफ देओस्’ विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए तीन महिनासम्म मासिक ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने सरकारको निर्णय राजनीतिक स्टन्ट होइन, सुकुमवासीको समस्या कानुनी रूपमा समाधान गर्नुपर्छ; पद्मा अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा लाम्खुट्टेको लार्भा नस्ट गर्न ‘वायो लार्भिसिद’ छर्कदै, नेपालमै पहिलोपल्ट प्रयोग गरिदै



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेंगी रोग फैलन नदिन ‘वायो लार्भिसिद’ छर्कदैछ । लाम्खुट्टेको लार्भा नस्ट गर्ने जैविक औषधि ‘लार्भिसिद’ नेपालमै पहिलो पल्ट प्रयोग गर्न लागिएको काठमाडौँका मेयर बालेन शाहले जानकारी दिए ।

यसको प्रयोगले लामखुट्टे र त्यसका लार्भाबाहेक कसैलाई हानी नपुर्याउने मेयर शाहले बताए । ‘यो विषादि होइन । औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ’, उनले भने ।

यो औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुने बताईएको छ ।

महानगरले डेङ्गी रोगको बारेमा परामर्श दिन नि:शुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा ल्याएको छ । महानगरल अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर नि:शुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाएको छ भने स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाएको छ ।