• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी

आर्सनलको लगातार दोस्रो जित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले लगातार दोस्रो जित निकालेको छ ।

गएराति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई १–० गोलले पराजित गरेको हो ।

क्रिस्टल प्यालेसको घरेलु मैदान सेलहर्स्ट पार्कमा आर्सनललाई जित दिलाउन खेलको ५३ औं मिनेटमा कप्तान मार्टिन ओडेगार्डले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक गोल बन्यो ।

प्यालेसका गोलकिपर साम जोनस्टोनले आर्सनलका एड्डी केटियाहलाई पोस्टभित्र लडाएपछि आर्सनलले पेनाल्टी पाएको थियो । जसलाई कप्तान ओडेगार्डले खेर जान दिएनन् ।

दुई लण्डन क्लबहरुको खेल प्रतिस्पर्धात्मक बनेको थियो । खेलको ६७ औं मिनेटमा ताकेहिरो टोमियासुले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै आर्सनल २ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । प्यालेस ३ अंकका साथ ११ औं स्थानमा छ ।