• १५ मंसिर २०८०, शुक्रबार
  •      Fri Dec 1 2023
  •   Unicode
Logo
Latest
★   नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढ्यो: मन्त्री लिम्बू ★   पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव केसीलाई धरौटीमा छाड्न आदेश ★   टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश ★   शरणार्थी प्रकरणः टोपबहादुरलाई छाड्न अस्वीकार ★   संसदीय खुलापन कार्ययोजना बनाउने जिम्मा फिल्म निर्माण कम्पनीलाई: कार्ययोजनाबारे कुनै जानकारी छैन- संसद सचिवालय ★   केपी ओली कप क्रिकेटको उपाधि मधेश प्रदेशलाई ★   केपी ओली कपको उपाधि मधेशलाई, आर्मी ११ रनले पराजित ★   राजसंस्था,हिन्दुराष्ट्र र संघीयता नचाहाने बिच मोर्चा निर्माण गरि नयाँ जनआन्दोलन गरौ: कमल थापा ★   ‘एनिमल’ हेरेपछि आलिया भट्टले भनिन् – खतरनाक फिल्म ★   किसानको गुनासो- कफीले प्रतिफल दिएन

‘ए’ डिभिजन लिगः च्यासलविरुद्ध पुलिसको जित



काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लबले जित निकालेको छ ।

बुधबार दिउँसो भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसलाई जित दिलाउन रबि शंकर पासवानले दुई गोल गरे ।

खेलको ३७ औं मिनेटमा पासवानले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए ।

नीर कुमार राईले उनलाई बल उपलब्ध गराएका थिए । यता, मौसा अबागानाले खेलको ५२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै च्यासललाई १–१ गोलको बराबरी स्थितीमा ल्याए । 

पुलिसका कप्तान सुमन सुवेदीले ५१ औं मिनेटमा रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टी जितेको थियो । 

खेलको ७० औं मिनेटमा पासवानले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए ।  

सुमन लामाले उपलब्ध गराएको बलमा पासवानले गोल गरेका हुन् । 

जितसँगै ९ खेलमा १० अंक जोडेको पुलिस लिगको दशौँ स्थानमा उक्लिएको छ । 

यता, च्यासल ९ खेलमा ५ अंक जोडेर १३ औं  स्थानमा रहेको छ  ।  

खेलमा पुलिसका रबि पासवान प्लेयर अफ दि म्याच चुनिँदा च्यासलका आशिष राई इमर्जिङ प्लेयर घोषित भए ।