१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगः च्यासलविरुद्ध पुलिसको जित



अ+ अ-

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लबले जित निकालेको छ ।

बुधबार दिउँसो भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसलाई जित दिलाउन रबि शंकर पासवानले दुई गोल गरे ।

खेलको ३७ औं मिनेटमा पासवानले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए ।

नीर कुमार राईले उनलाई बल उपलब्ध गराएका थिए । यता, मौसा अबागानाले खेलको ५२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै च्यासललाई १–१ गोलको बराबरी स्थितीमा ल्याए । 

पुलिसका कप्तान सुमन सुवेदीले ५१ औं मिनेटमा रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टी जितेको थियो । 

खेलको ७० औं मिनेटमा पासवानले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए ।  

सुमन लामाले उपलब्ध गराएको बलमा पासवानले गोल गरेका हुन् । 

जितसँगै ९ खेलमा १० अंक जोडेको पुलिस लिगको दशौँ स्थानमा उक्लिएको छ । 

यता, च्यासल ९ खेलमा ५ अंक जोडेर १३ औं  स्थानमा रहेको छ  ।  

खेलमा पुलिसका रबि पासवान प्लेयर अफ दि म्याच चुनिँदा च्यासलका आशिष राई इमर्जिङ प्लेयर घोषित भए ।