८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाम्सिपुलमा बिशाल पहिरो, मुग्लिन-नारायणगढ सडक अवरुद्ध



अ+ अ-

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत टोपेखोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज राति ८ बजे पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सुक्खा पहिरो खसी दुईतर्फी सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै सो सडक भएर चल्ने सवारी साधन रोकिएका छन् ।
पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालय चितवनसँग समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो । सो सडक खण्डमा बर्सात सुरु भएसँगै पटक पटक पहिरो खस्ने गरेको छ । रासस

तस्बिर : सुपरभाईजर ईश्वर क्षेत्री