८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपाल कार्य सम्पादन समिति बैठकले तय गर्यो केन्द्रीय समिति बैठकका एजेन्डा



अ+ अ-

काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले भाद्र ७ र ८ गते काठमाडौंमा बोलाईएको केन्द्रीय समिती बैठकका एजेन्डाहरु पारित गरेको छ ।

अध्यक्ष थापाको राजनीतिक कार्यपत्र सङ्गै राजसंस्थाको बिषयमा पार्टीको आधिकारिक धारणा बारे प्रतिबेदन पेश गर्न उपाध्यक्ष प्रा.डा. बिष्णु भण्डारीको संयोजकत्वमा गठित कार्यदलको प्रतिबेदनलाई अनुमोदन गरि केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने समेत निर्णय गरिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

यसै गरी बैठकमा संगठन सम्बन्धि प्रतिबेदन महामन्त्री एबँ बिभाग प्रमुख राजाराम बर्तौला,आर्थिक प्रतिबेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले प्रस्तुत गर्नुका साथै मुमा बडामहारानी रत्नको शुभजन्मोत्सबको अबसरमा शुभकामना ब्यक्त गर्ने प्रस्ताव समेत पास गरिएको प्रबक्ता बसन्तमानसिंह अधिकारीले बताए ।

प्रबक्ता अधिकारीका अनुसार अम्मर केसीको संयोजकत्वमा समसामयिक बिषयमा थप एजेन्डा तय गर्न ५ सदस्यीय समिती पनि गठन गरिएको छ। बैठकमा आन्दोलनको तयारी र राष्ट्रबादी प्रजातान्त्रिक शक्तिहरुलाई एकै ठाउँमा ल्याउने बिषयमा छलफल भएको बताईएको छ ।