• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

मौसम खराबीका कारण प्रधानमन्त्री सुर्खेतमै अड्किएपछि सर्वदलीय बैठकको समय सर्‍यो



काठमाडौं । संसदको अवरोध खुलाउनेबारे सहमति जुटाउन बस्न लागेको राष्ट्रिय मान्यता प्राप्त दलको बैठक समय परिवर्तन भएको छ ।

दिउँसो ४ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको बैठक साँझ ७ बजेको लागि सारिएको हो ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा आयोजित कार्यक्रममा सुर्खेत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मौसम खराबीका कारण फर्किन ढिलाइ हुँदा बैठकको समय परिवर्तन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आईरहेको छ ।

प्रधानमन्त्रीले समाधानको उपाय खोज्न राष्ट्रिय मान्यता प्राप्त दलका नेतासँग छलफल सुरु गरेका थिए । आइतबार बसेको बैठक बिना निष्कर्ष टुङ्गिएपछि आजलाई बैठक तय गरिएको थियो ।