१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले क्रिस्टल प्यालेससँग खेल्दै



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आर्सनलले क्रिस्टल प्यालेसको सामना गर्दैछ । दुई लण्डन टोली आज मध्यरातमा ( राति १२ः४५ बजे) आमनेसामने हुँदैछन् । खेल प्यालेसको घरेलु मैदान सेलहर्स्ट पार्कमा हुनेछ ।

गत सिजन उपविजेतामै चित्त बुझाएको आर्सनल लगातार दोस्रो जित निकाल्दै आफ्नो जितको निरन्तरता कायम राख्न चाहन्छ । पहिलो खेलमा आर्सनलले नटिङहम फरेस्टलाई २–१ गोलले पराजित गरेको थियो ।

घरेलु दर्शकको साथ पाउने प्यालेस पनि आर्सनललाई हराउँदै लगातार दोस्रो जित निकाल्ने दाउमा रहेको छ । उसले आफ्नो पहिलो खेलमा शेफिल्ड युनाइटेडलाई १–० गोलले पराजित गरेको थियो ।