११ आश्विन २०८१, शुक्रबार
,
Latest
शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण सहकारी ठगी प्रकरणमा फरार रहेका ढोरपाटनका मेयर भारतमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिया पिउन डोरीमा झुण्डिएर जानुपर्ने भिरमा अड्किएको पसल



अ+ अ-

एजेन्सी । संसारमा धेरै अनौठा ठाउँहरू छन् जसको बारेमा थाहा पाउँदा अचम्म लाग्न सक्छ । अहिले सामाजिक सञ्जालमा एउटा अनौठो पसलको तस्बिर भाइरल भइरहेको छ जसले मानिसहरूलाई छक्क पारेको छ ।

तपाईंले मैदानदेखि उच्च पहाडी चुचुराहरूमा पसलहरू देख्नुभएकै होला । तर के तपाईंले कहिल्यै पसल हावामा झुण्डिरहेको देख्नुभएको छ ?

तपाई सोच्दै हुनुहुन्छ कि यो कसरी हुन सक्छ ? तपाईलाई पत्यार पनि लाग्दैन तर तस्बिरमा पसल हावामा झुण्डिएको देख्न सकिन्छ । तपाईले अहिलेसम्म यस्तो पसल देख्नु भएको छैन होला । भिरमा हावामा झुण्डिएको संसारको यो एक मात्र पसल हो । संसारको यो अनौठो पसल चीनमा अवस्थित छ । सबैभन्दा अचम्मको कुरा यो ३ सय ९३ फिटको उचाइमा हावामा झुण्डिएको छ ।

पसलमा चिया पिउन, डोरीमा चढेर साहसिक कार्यको आनन्द लिन सकिन्छ । यो चीनको हुनान प्रान्तको सिन्युझाई राष्ट्रिय भूवैज्ञानिक निकुञ्जमा अवस्थित छ । भिरमा एउटा सानो काठको बक्स झुण्डिएको छ । यो स्टोरलाई विश्वको सबैभन्दा असुविधाजनक सुविधा स्टोर भनिएको छ ।

सिन्युझाई नेशनल जियोलोजिकल पार्कको पहाडको छेउमा झुण्डिएको काठको झुपडी सानो देखिन सक्छ, तर यो पूरै पसल हो । सामाजिक सञ्जालमा भाइरल पसलको फोटो देखेर मानिसको मनमा एउटै प्रश्न छ कि यसमा के पाइन्छ ? यति उचाइमा पसल बनाउनुको कारण के हो ?

मिडिया रिपोर्टहरूका अनुसार यो चिया पसलले पर्वतारोहीहरु जो पहाड उक्लिने क्रममा केहीबेर थकाई मार्न चाहन्छन् उनीहरुका लागि चियाखाजा उपलब्ध गराउँछ ।




भर्खरै