२३ श्रावण २०८३, शनिबार
,
Latest
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल सङ्घीयता र समावेशितामाथि आक्रमण भए सशक्त प्रतिकार गर्ने ‘अग्रगामी मोर्चा’को चेतावनी मुलुकको संकट समाधान र अग्रगमनका लागि नयाँ मोर्चाको विकल्प छैनः अध्यक्ष प्रभु साह ‘अग्रगामी मोर्चा’को अवधारणा सार्वजनिकः २८ बुँदे लक्ष्य र सांगठनिक संरचना प्रश्ताव अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि होइन, संविधानवादको रक्षाका लागि होः चन्द्रकान्त राउत वैशाख यता विपद्‌बाट २०५ जनाको मृत्यु ‘सिजेरियन’ सेवा ठप्प हुँदा तेह्रथुमका गर्भवतीलाई छ घण्टाको यात्रा भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

५६ करोड ऋण लिएका सनी देओलको घर लिलाम गर्ने निर्णय २४ घण्टामै फिर्ता



अ+ अ-

एजेन्सी । बैंक अफ बडोदाले बलिउड अभिनेता तथा बीजेपी सांसद सनी देओलको जुहू बंगलाको लिलामीको सूचना २४ घण्टाभित्र फिर्ता लिएको छ ।

बैंकले सोमबार पत्रपत्रिकामा खण्डन गर्दै प्राविधिक कारणले यो सूचना फिर्ता लिइएको जनाएको छ । साथै, सनी देओलको सम्पत्ति लिलामी नहुने पनि जनाइएको छ ।

यसअघि आइतबार प्रकाशित सूचना अनुसार सनीले ५६ करोड रुपैयाँ ऋण लिएका थिए, जुन उनले तिर्न सकेनन् । ऋण नतिरेपछि बंगलाको लिलामीको मिति पनि २५ सेप्टेम्बरमा दिइएको थियो ।

बैंकले सनीबाट ऋण असुलीको सूचना समेत प्रकाशित गरेको थियो । यसमा सनीको जमानतमा बुबा धर्मेन्द्रको नाम पनि लेखिएको थियो ।

बलिउड अभिनेता तथा पञ्जाबको गुरदासपुरका बीजेपी सांसद सनी देओल फिल्म गदर–२ लाई लिएर अहिले चर्चामा छन् । कमाईका मामलामा फिल्मले चार सय करोडको आंकडा नजिक पुगेको छ । यसैबीच बैंकले उनलाई ५६ करोड रुपैयाँ ऋण नतिरेको भन्दै नोटिस जारी गरेको थियो ।

सनी देओलको वास्तविक नाम अजय सिंह देओल हो । उनी २०१९ देखि पञ्जाबको गुरदासपुर सिटबाट बीजेपी सांसद हुन् । उनले तत्कालीन कांग्रेस नेता सुनिल जाखरलाई पराजित गरेका थिए । अभिनेता विनोद खन्ना लामो समयदेखि यस सिटबाट भाजपा सांसद थिए ।