• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको दोस्रो दिन सोमबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ ।

आज सुनचाँदीको मूल्य स्थिर रहि अघिल्लो दिन अर्थात् आइतबारकै मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन आइतबारकै मूल्य प्रतितोला एक लाख १० हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजाबी सुन पनि यथावत रहि प्रतितोला एक लाख नौ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी आइतबारकै मूल्य प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।