२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी

नागपञ्चमी: चाँगुनारायणसँगै विभिन्न मन्दिरमा मेला, नाग पोखरीमा दूधको अभिषेक– तस्बिरहरु

नागपञ्चमी: चाँगुनारायणसँगै विभिन्न मन्दिरमा मेला, नाग पोखरीमा दूधको अभिषेक– तस्बिरहरु
अ अ+ अ-

भक्तपुर । नागपञ्चमीमा विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक एवं धार्मिक महत्वको चाँगुनारायण मन्दिरमा आज बिहानैदेखि मेला लागेको छ । हरेक वर्षको नागपञ्चमीमा जस्तै मन्दिरमा आज दर्शनार्थीको बिहानैदेखि भीड लागेको पुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिनुभयो ।

साउन शुक्ल पञ्चमीका दिन लाग्ने यस मेलामा चाँगुनारायणलाई गाईको दूध, घ्यु, दुबो तथा रायोको गेडा चढाउनाले घरखेतमा नागले दु:ख नदिने, धनधान्य हुने धार्मिक विश्वास रहेको उहाँको भनाइ छ । स्थानीयवासीले आजको दिन चाँगुनारायण मन्दिरबाट फर्किएर आ–आफ्नो घरको मूल ढोकामा गाईको गोबरले नाग टाँसी दुबो, रायोको गेडा र गाईको दूध चढाउने परम्परा छ ।

त्यसैगरी आजै भक्तपुर नगरपालिकास्थित तिलमाधव नारायणको मन्दिर र वाखुपति नारायणको मन्दिरमा पनि मेला लागेको छ । यहाँका दुवै मन्दिरमा भक्तपुर, थिमि, काभ्रे, बनेपा, पनौती लगायतका स्थानबाट दर्शनार्थीहरु आएका छन् । आजको दिन तिलमाधव नारायण र बाखुपति नारायणको पूजा गरी दर्शन गरेमा पुण्य प्राप्त हुने, मनोकाक्षा पूरा हुने र घरमा सर्पले दु:ख नदिने जनविश्वास रहेको छ ।

त्यसैगरी भक्तपुरको नाग पोखरीमा नागको पूजा गरी दूधको अभिषेक गरिएको छ । प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन मेला यस पोखरीको बीचमा रहेको नागको मूर्तिमा दूधले अभिषेक गरी भव्य रुपमा पूजा गरेर स्थानीयवासीले मेला भरेका छन् ।

आजका दिन घरको मूल ढोकामा नागको तस्बिर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने, प्रसन्न हुने र वर्षभरि  विषालु जीव, आगो र चट्याङको भय नहुने विश्वास रहदै आएको छ । रासस