२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागपञ्चमी: चाँगुनारायणसँगै विभिन्न मन्दिरमा मेला, नाग पोखरीमा दूधको अभिषेक– तस्बिरहरु



अ+ अ-

भक्तपुर । नागपञ्चमीमा विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक एवं धार्मिक महत्वको चाँगुनारायण मन्दिरमा आज बिहानैदेखि मेला लागेको छ । हरेक वर्षको नागपञ्चमीमा जस्तै मन्दिरमा आज दर्शनार्थीको बिहानैदेखि भीड लागेको पुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिनुभयो ।

साउन शुक्ल पञ्चमीका दिन लाग्ने यस मेलामा चाँगुनारायणलाई गाईको दूध, घ्यु, दुबो तथा रायोको गेडा चढाउनाले घरखेतमा नागले दु:ख नदिने, धनधान्य हुने धार्मिक विश्वास रहेको उहाँको भनाइ छ । स्थानीयवासीले आजको दिन चाँगुनारायण मन्दिरबाट फर्किएर आ–आफ्नो घरको मूल ढोकामा गाईको गोबरले नाग टाँसी दुबो, रायोको गेडा र गाईको दूध चढाउने परम्परा छ ।

त्यसैगरी आजै भक्तपुर नगरपालिकास्थित तिलमाधव नारायणको मन्दिर र वाखुपति नारायणको मन्दिरमा पनि मेला लागेको छ । यहाँका दुवै मन्दिरमा भक्तपुर, थिमि, काभ्रे, बनेपा, पनौती लगायतका स्थानबाट दर्शनार्थीहरु आएका छन् । आजको दिन तिलमाधव नारायण र बाखुपति नारायणको पूजा गरी दर्शन गरेमा पुण्य प्राप्त हुने, मनोकाक्षा पूरा हुने र घरमा सर्पले दु:ख नदिने जनविश्वास रहेको छ ।

त्यसैगरी भक्तपुरको नाग पोखरीमा नागको पूजा गरी दूधको अभिषेक गरिएको छ । प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन मेला यस पोखरीको बीचमा रहेको नागको मूर्तिमा दूधले अभिषेक गरी भव्य रुपमा पूजा गरेर स्थानीयवासीले मेला भरेका छन् ।

आजका दिन घरको मूल ढोकामा नागको तस्बिर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने, प्रसन्न हुने र वर्षभरि  विषालु जीव, आगो र चट्याङको भय नहुने विश्वास रहदै आएको छ । रासस