१४ असार २०८३, आईतवार
,
Latest
कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं ।समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने भएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा आज बिहान बसेको मोर्चाको बैठकले सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवका अनुसार ८ गते वीरगञ्ज, १२ गते बुटवल, १३ गते धनगढीमा, १४ गते सुर्खेत, १५ गते पोखरा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सभा गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, (जसपा) का अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेता सहभागी हुनुहुन्छ ।

मोर्चा गठन भएको करिब तीन महिनापछि बसेको यो दोस्रो बैठक हो । मोर्चामा सत्तारुढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपा आवद्ध छन् ।

मोर्चाले यो सभालाई ‘सन्देश सभा’ नाम दिएको छ ।