११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २१ दशमलव ९९ अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा २१ दशमलव ९९ अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक दुई हजार ११ दशमलव १४ बिन्दुमा कायम भएको हो ।

विभिन्न कम्पनीका दुई सय ६९ कम्पनीको ४४ लाख ५९ हजार चार सय ५९ कित्ता शेयर ४३ हजार तीन सय ४६ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ४४ करोड ७४ लाख आठ हजार नौ सय ४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक एक सय ७२ दशमलव ७३ र जीवन बीमा समूहको उपसूचक एक सय ३४ दशमलव ९० अंकले घटेको छ । बैंकिङ समूह तीन दशमलव ६०, विकास बैंक ३५ दशमलव ६०, वित्त ११ दशमलव ०६, होटल तथा पर्यटन एक सय छ दशमलव २६ र जलविद्युत् ५० दशमलव ११ अङ्कले घटेको छ ।

त्यसैगरी लगानी समूह शून्य दशमलव ६९, उत्पादन तथा प्रशोधन ८८ दशमलव ५४, लघुवित्त ३२ दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव ०४, व्यापार ३६ दशमलव ६० र अन्य समूह २३ दशमलव ५७ अङ्कले घटेको छ ।

आजको कारोबारमा २९ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ९० कम्पनीको शेयर मूल्य घटेको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै चार दशमलव ५७ अङ्कले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा एग्रिकल्चरल बैंक डिभेन्चर-२०८३ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रू छ करोड ६३ लाख एक हजार ७० बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको एक लाख ४९ हजार दुइ सय ४० कित्ता शेयर खरिदबिक्री भएको छ । रासस