२० श्रावण २०८३, बुधबार
,
Latest
१५ औँ महाधिवेशनलाई निष्पक्ष बनाउन संयन्त्र निर्माण गर्नुपर्छः नैनसिंह महर लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि कांग्रेसको एकता अपरिहार्यः रञ्जित कर्ण प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न पोखरा महानगरपालिका प्रमुख आचार्यसँग नेपालका लागि इजरायली राजदूतको भेट नेपाल राष्ट्र बैंक विधेयकः गर्भनरको पदावधिबारे अर्थ समितिमा छलफल नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार वैदेशिक रोजगारमा जाने श्रमिकले निश्चित शुल्क तिर्नैपर्छ: अध्यक्ष खत्री एलपी ग्यासको माग अस्वाभाविक रूपमा वृद्धि, दुई साताभित्र आपूर्ति सहज हुने निगमको दाबी सरकारको दिनगन्ती शुरु भयोः महासचिव विप्लव संसदीय कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त, नयाँ पुनर्गठन आवश्यकः विप्लव
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरपालीकाबिरुद्व फुटपाथ व्यवसायीको प्रदर्शन– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालीकाले सडक व्यापारीहरुलाई बिस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

सडक व्यापार गर्ने साना व्यवसायीहरुले महानगरपालीकाको कदमबिरुद्ध आईतवार काठमाडौंमा भेला भइ प्रदर्शन गरेका हुन् । काठमाडौं महानगरले जबरजस्ती विस्थापन गर्न खोजेको भन्दै साईकल, ठेलागाडा, फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरु र केही सर्वसाधारण आन्दोलनमा उतिएका छन् ।

व्यवसायीको आन्दोलनमा सहभागी कानून व्यवसायी सुविन मुल्मीले काठमाडौं महानगरले सडक व्यापारीहरुलाई गरिखान नदिएको बताउनु भयो । उहाँले गैरकानूनी रुपमा व्यवसायीहरुले सामान महानगरले खोसेको भन्दै कानूनी रुपमा नै उनीहरुको समुचित व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । उहाँले सडक व्यापारलाई कानूनले रोकेको अवस्था नरहेको बताउनु भयो । महानगरले गैरकानूनी रुपमा व्यवसायीहरुको सामान खोसेर लिलाम गरी पैसा कमाउने काम गरेको आरोप लगाउनु भयो ।

मुल्मीले भन्नुभयो,‘सडक व्यापारीहरुलाई गरिखान दिइरहेको अवस्था छैन । उहाँहरुको सामान गैरकानूनी रुपमा खोसिएर लिलाम गरिएको अवस्था छ । सडक व्यापारलाई कानूनी रुपमा नै व्यवस्थापन गर्न आग्रह गर्न आएका हौं । सडक व्यापारलाई कानूनले रोकेको अवस्था छैन । कानूनले अनुमति वा दर्ता गरेर गर्नुपर्छ भनेको छ । तर, अनुमति लिने प्रावधान बनाएकै छैन । त्यो त काठमाडौं महानगरपालीकाको ऐनमा नै छ । नगरपालीकाले त्यसरी सामान खोस्न पाउँदैन । कुनैपनि ऐन कानूनमा लेखेको छैन ।

फोहोरमैला व्यवस्थापन ऐन जोडिएको छ, स्थानीय सरकार ऐन जोडिएको छ, त्यो दुई वटैमा लेखिएको छैन । गैरकानूनी रुपमा उहाँहरुको सामान खोसेर लिलाम गरी पैसा कमाउने काम गरिएको छ । त्यो सबै गैरकानूनी हो । त्यसको बिरोध गर्न जो गरिब जनताहरु हुनुहुन्छ, कुनै उपाय, विकल्प नभएर सडकमा ठेला व्यापार चलाउनुभएको छ, त्यस्तोलाई व्यवस्थापन गर्नुपर्छ । कार्यतालीका नै राखेर अनुमति दिने सिस्टम बनाउनुपर्छ । गरिबको पेटमा लात हान्न मिल्दैन । उहाँहरुलाई गरिखाने व्यवस्था गरिनुपर्छ । सडक व्यापारलाई व्यवस्थापन गर्न मेयर बालेन्द्र साह गम्भिर हुनुपर्छ । ’

व्यवसायीहरुले शहर सबैका लागि की धनीका लागि मात्रै ? गरी खान देउ लगायतका नारा लगाएर आन्दोलन गरेका छन् ।