३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले मुन्दुम पदमार्ग क्षेत्रमा पदमार्ग निर्माण विद्यालय बस चालकलाई ट्राफिक सचेतना कक्षा जाडो बढेसँगै हिमालीबाट तल झर्ने बढे चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज्ञापन नियमावली संशोधन, एजेन्सी र कर्मचारीको मिलिमतो तोडिने बोर्डको आशा



अ+ अ-

काठमाडौँ । विज्ञापन नियमन गर्ने पहिलो संशोधन नियमावली, २०८० स्वीकृत गरेपछि एजेन्सी र कर्मचारीको मिलिमतो तोडिने आशा विज्ञापन बोर्डले गरेको छ ।

विज्ञापन नियमन गर्ने पहिलो संशोधन नियमावलीले विज्ञापन बजारलाई पारदर्शी बनाउने विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले जानकारी दिनुभयो । न्यूजपोलारसँग उहाँले भन्नुभयो, “संशोधित नियमावलीमा सञ्चारमाध्यामहरुले आफनो दररेट सार्वजनिक गर्नुपर्ने, विज्ञापन बोर्डमा बुझाउनु पर्ने र बोर्डले त्यस्तो दररेटलाई सार्वजनिक गर्ने व्यवस्था मिलाइएको छ ।”

उहाँका अनुसार यसले पारदर्शीताका कायम गर्छ । उहाँले भन्नुभयो, “नियमावलीले विज्ञापन एजेन्सीहरुले विज्ञापनको भुक्तानी माग गर्दा सञ्चारमाध्यमले जारी गरेको बिलको प्रतिलिपि समावेश गरी आफ्नो सेवा शुल्क खुल्ने बिलको आधारमा भुक्तानी माग गर्नुपर्ने र सोही आधारमा भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ ।”

संशोधित नियमावलीमा विज्ञापन वा सूचनालाई सार्वजनिक हित प्रवर्द्धनात्मक र अन्य विज्ञापन गरी तीन भागमा वर्गीकरण गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी सञ्चारमाध्यामलाई प्रभाव पहुँच र लोकप्रियताको आधारमा स्तरीकरण गर्ने व्यवस्था मिलाइएको छ । निर्धारित स्तरअनुसार दररेट तोक्नुपर्ने व्यवस्थासमेत नियमावलीमा गरिएको छ ।

त्यस्तो विज्ञापन प्रकाशन तथा प्रसारण गर्दा सञ्चारमाध्यमको छनोट भने विज्ञापनदाताले नै गर्न पाउने व्यवस्था मिलाइएको छ । रेडियो, टेलिभिजन, डिजिटल माध्यम तथा सामाजिक सञ्जालमा प्रसारण हुने विज्ञापनलाई बोर्डले परीक्षण गर्ने व्यवस्था संशोधित नियमावलीले गरेको छ । यो व्यवस्थाले उच्छृंखल र भ्रमपूर्ण विज्ञापनहरु प्रसारणपूर्व नै रोकिने अधिकारीहरुले जनाएका छन् ।

बाह्य विज्ञापनमा ठेकेदारी प्रथाको अन्त गर्न स्थानीय तहले नै विज्ञापन कर उठाउनु पर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थासँगै प्रत्येक होर्डिङबोर्डले स्थानीय तहसँग अनुमति लिनु पर्नेछ । स्थानीय तहले त्यस्तो अनुमति प्रदान गर्दा विज्ञापन बोर्डले निर्धारण गरेको विधि, मापदण्ड, आकार र प्रकारअनुसार गर्नु पर्नेछ । विज्ञापन बापतको रकम समयमा भुक्तानी नगर्ने विज्ञापनदाता विज्ञापन एजेन्सीको कारोबार निश्चित अवधिका लागि बोर्डले रोक लगाउन सक्नेछ ।

नेपाली टेलिभिजनले विदेशी संघसंस्था टेलिभिजनबाट निर्मित कार्यक्रम तथा खेलकुदसँग सम्बन्धित कार्यक्रम प्रसारण गर्दा नेपाली विज्ञापन राख्ने भए बोर्डबाट अनुमति लिनु पर्नेछ । संशोधित नियमावलीले विज्ञापन व्यवसायलाई मर्यादित र पारदर्शी बनाउने मन्त्रालयले जनाएको छ ।

यो व्यवस्था गर्न लागेको भन्दै गत महिना नेपाल विज्ञापन संघले विज्ञापन बोर्डमा तालाबन्दी गरी ७ दिनसम्म धर्ना दिएको थियो । संशोधित नियमावलीले सरकारी विज्ञापनलाई विज्ञापन बोर्डमार्फत प्रकाशन तथा प्रसारण गर्नुपर्ने व्यवस्था गरेको छ ।