५ श्रावण २०८३, मंगलवार
,
Latest
नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक स्थगित



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । आज दिनको १ बजे बस्ने भनी निर्धारण गरिएको बैठक विशेष कारणले स्थगित भएको संघीय संसद्को महासचिव डा भरतराज गौतमले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

संसद्को गतिरोध खुलाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठक विनानिष्कर्ष सकिएसँगै प्रतिनिधिसभाको बैठक स्थगित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बरामद सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै साउन १० गतेदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ५ गते मंगलबार दिनको ३ बजे बस्नेछ ।