५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता र प्रमुख प्रतिपक्ष दुवैले अडान नछाड्दा सभामुख-सचेतकको बैठक निष्कर्षविहीन



अ+ अ-

काठमाडौं । संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरे र प्रमुख सचेतक र सचेतकहरू बिचको बैठक निष्कर्षविहीन सकिएको छ ।

सत्ता र प्रमुख प्रतिपक्ष दुवैले आफ्नो अडान नछाड्दा बैठक निष्कर्षविहीन भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
उनले भने, ‘अहिले सत्तापक्ष र प्रतिपक्षको अडान उही छ। अझै प्रतिपक्षले हामी बलियोसँग उभिन्छौँ भन्ने अडान राखेको छ। अब प्रधानमन्त्रीले डाक्नुभएको बैठकमा कुरा मिल्ला कि भन्ने अपेक्षा छ।’

सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको बैठकमा उपसभामुख इन्दिरा राना, कानुन तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार लगायतका प्रमुख सचेतक तथा सचेतकहरू सहभागी थिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ६० किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आईरहेको छ । यता, सरकारले भने राज्यको संयन्त्रले नै अनुसन्धान गरिरहेकोले अर्को छुट्टै छानबिन समिति नचाहिने बताउँदै आएको छ ।

उता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरुबिच पनि संसद खुलाउनेबारे छलफल भईरहेको छ ।