२१ मंसिर २०८२, आईतवार
,
Latest
बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीमा विश्वासको मत दिनेलाई १० करोड र मन्त्रीको प्रस्ताव गरिँदैछ – अध्यक्ष लिङ्देन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिने टुंगो भएसँगै करोडौं रकमको प्रस्तावको चलखेल भएको आशंका गर्नुभएको छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा प्रदेश सांसदहरुको घरदैलोमा गएर मन्त्री र रु १० करोडसम्मको प्रस्ताव गरेको हल्ला राजधानी काठमाडौँसम्म आइपुगेको बताउनुभएको हो ।

उहाँले सााजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ – ‘पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरु प्रदेश सभा सदस्यहरुको घरदैलोमा गएर मन्त्री र रु.१० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला ktm सम्मै आइपुग्यो त ।

कोशी प्रदेशमा कुनै पनि दलको स्पष्ट बहुमत छैन । संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन भएको छ । कोशीमा मुख्यमन्त्री थापालाई विश्वासको मत लिन संकट रहेको छ । यस अघिका मुख्यमन्त्री हिक्मत बहादुर कार्की पनि विश्वासको मत पाउन नसकेकै कारण पदमुक्त भएका थिए ।