• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्ध टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी ★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत

एनआरएनए आईसीसी उपमहासचिबमा गिरीको उमेद्वारी



काठमाडौँ । एअनआरएनए यूवा अभियन्ता एवं पूर्व एनआरएनए आईसीसी यूवा संयोजक कृष्ण गिरीले आगामी अक्टोबर २०२३ मा हुन गइरहेको गैर आवासीय नेपाली संघको महाधिवेशनमा उपमहासचिब पदमा उमेद्वारी दिने भएका छन् ।

आफनो अनुभब, दक्षता एवं विज्ञतालाई संस्थाको पदीय जिम्मेवारीमा बसी योगदान गर्न सकिने बिश्वासका साथ नयाँ सोच र जोशसहित संस्थाको रुपान्तरणका लागि आफनो उमेद्वारी रहेको उनले बताए । नेपाली डेयासपोरामा रहेका अभियन्ता, अग्रज एवं साथीहरुको सल्लाह सुझाब पछि उपमहासचिब पदमा उमेद्वारी दिने निष्कर्षमा आफू पुगेको गिरीले स्पष्ट गरे ।

सन् २०१३ मै एनआरएनए आईसीसीको कार्यबाहक यूवा संयोजक भएर कार्य गरेका उनले प्रवासमा रहेका दोश्रो पुष्तालाई नेपाल र नेपालीसँग जोड्न गरेको “डलर १ कापी र कलम” परियोजनाले त्यसताका निकै चर्चा र सफता पाएको थियो ।

एनआरएनए क्षेत्रमा गिरी बोल्ने भन्दा बढी काम गर्ने व्यक्तिको पहिचन बनाएका गिरीले एनआरएनए एनसीसी अष्ट्रेलियाको कार्यसमिति सदस्य, सल्लाहकार, आईटी संयोजक, एनआरएनए आईसीसी सातौँ क्षेत्रीय सम्मेलनको सफल आयोजना, सिड्नी नेपाल फेस्टिभल आयोजना, एनआरएनए भवन निर्माण आर्थिक संकलन, सामाजिक कल्याण कोष स्थापना तथा आर्थिक संकलन लगायतका परियोजनामा उल्लेखनीय रुपमा सम्पादन गरेका छन ।

गिरी सन् २०११ देखि निरन्तर आईसीसी र एनसीसीका बिभिन्न समितिमा बसेर कार्यसम्पादन गर्दै आएका छन् । हाल अन्तर्राष्ट्रिय झापाली समाजको सल्लाहकार समेत रहेका उनी झापाली समाज अष्ट्रेलियाको संस्थापक पनि हुन् । बिद्यार्थी जीवनदेखि नै राजनितिमा जोडिएका गिरीमा त्रिचन्द्र क्याम्पस स्ववियूमा कार्य गर्दै जनसम्पर्क समिति अष्ट्रेलियाको अध्यक्ष समेत भएर कार्य सम्पादन गरेको अनुभव छ ।

गैरआवासीय नेपाल संघ पूर्णरुपमा नेपाल सरकार, राजनितिक दल र नेताहरुसँग मिलेर नेपालीका लागि नेपाली नारासहित कार्य गर्नुपर्ने वास्तविकतालाई नजिक बाट बुझेका इन्जिनियर कृष्ण गिरीले संस्थाको आन्तरिक सुधार र नीतिगत कार्यका लागि थप योगदन गर्न सक्ने स्पष्ट देखिन्छ ।

दश बर्ष भन्दा बढी समय नेपाली भिजन अष्ट्रेलियाको प्रकाशक एवं सम्पादक भएर कार्य गरेको अनुभव संगालेका उनमा डिजिटल टेक्नोलोजि एवं आईटिमा दक्षता छ । अष्ट्रेलियान राज्य सरकारको शिक्षा विभागमा आईटी विज्ञका रुपमा कार्यरत गिरीले कोभिडका बेला प्रवासमा रहेका नेपाली समुदाय र अभियन्ताहरुलाई टेक्नोलोजिका माध्यमबाट जोड्न भुगोलले छेक्दैन भन्ने अभियनमा समेत कार्य गरेका थियो ।

सामाजिक कार्य र नेतृत्वदायी भूमिकामा उच्च स्थान बनाएका गिरीलाई अष्ट्रेलियाबाट सबैको सहयोग प्राप्त हुने विश्वास लिएका छन् । यही विश्वासले अन्तर्राष्ट्रिय स्तरमा थप सहयोग र साथ मिल्ने आशा सहित सहयोगका लागि अपिल पनि गरेका छन् ।