४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

एसिया यु–२० रग्बी सेभेन्सको तयारी पूरा

एसिया यु–२० रग्बी सेभेन्सको तयारी पूरा
अ+ अ-

काठमाडौँ । नेपाल रग्बी संघले शनिवारदेखि शुरु हुने एशिया यु–२० रग्बी सेभेन्सको तयारी पूरा भएको जनाउँदै नेपालको दुवै टोली फाइनलसम्म पुग्ने आशा व्यक्त गरेको छ ।

नेपालमा दोस्रोपटक हुन लागेको एशिया रग्बीको प्रतिष्पर्धा शनिवारदेखि दशरथ रंगशालमा शुरु हुँदै छ । संघले शुक्रवार दशरथ रंगशालामा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताका लागि आफ्नो सम्पूर्ण तयारी पूरा भएको र प्रतिष्पर्धामा सहभागी हुने आठ टोली पनि नेपाल आइसकेको जानकारी दिएको छ । एशिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा हुने उक्त प्रतियोगितामा नेपालका पुरुष र महिला दुवै टोलीले प्रतिष्पर्धा गर्दैछन् । एशिया रग्बी सेभेन्समा पुरुष र महिलामा गरी नेपालसहित आठ राष्ट्रको सहभागिता रहनेछ ।

पुरुषतर्पm नेपाल समूह ‘बी’ छ । प्रतियोगिताकै बलियो टोलीका रूपमा हेरिएको हङकङसहित यस समूहमा भारत र मलेसिया छन् । यो समूहमा विजेता बन्दै उपाधि दाबेदारको रूपमा आफूलाई उभ्याउने तयारी नेपालको छ । तर, त्यसका लागि नेपालले पहिलो खेलमा भारतको चुनौति पार गर्नुपर्नेछ । महिलातर्पm भने राउन्ड रोविन लिगमा खेल हुनेछ । चार राष्ट्र सहभागी लिगको शिर्ष दुईमा रहँदै नेपाली महिला टोलीले फाइनलमा पुग्ने लक्ष्य लिएका छन् । महिलातर्फ भने नेपालले पहिलो खेलमा हङकङको सामना गर्नेछ ।

यस खेलमा करिव दुई सय विदेशी खेलाडी र २५ जना खेल निर्णायक नेपाल आएको संघले जनाएको छ । यसै प्रतियोगिताका लागि एशिया रग्बीका अध्यक्ष कायस अल धलाई नेपाल आइसकेका छन् । नेपालले उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेको संघका महासचिव गोविन्द घिमिरेले बताए । प्रतियोगिताका लागि पछिल्लो ढेड महिनादेखि तयारी गरिरहेको र नेपालका दुवै टोलीले उपाधि जित्ने विश्वास घिमिरले व्यक्त गरेका छन् ।

यही आयोजनालाई लक्षित गरेर नेपालका दुवै युवा टोलीले पोखरामा ४५ दिनको बन्द प्रशिक्षण गरेका थिए । खेल आयोजना नजिकिएपछि काठमाडौं फर्किएका नेपाली टोलीले पछिल्लो ६ दिनदेखि दशरथ रंगशालामा अभ्यास गर्दै आइरहेका छन् । दुवै टोली श्रीलंकाली प्रशिक्षक सन विजेसिंघले प्रशिक्षणमा छन् । महिलातर्पm २२ प्रारम्भिक टोलीको पोखरामा ढेड महिनाको प्रशिक्षणबाट १५ सदस्यीय टोली घोषणा गरिएको थियो । पुरुषतर्पm पनि २९ सदस्यीय प्रारम्भिक टोलीबाट १६ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो ।

पुरुषतर्पm पूर्वराष्ट्रिय खेलाडी विराट ऐडी र महिलामा सावित्री पूर्जाले श्रीलंकाली प्रशिक्षक विजेसिंघेको प्रशिक्षण टोलीलाई सघाउनेछन् । नेपालमा भएको पछिल्लो संस्करण यु–१८ रग्बी सेभेन्सका विजेता संयुक्त अरब इमिरेट्स (युइर्ए) ले यो प्रतियोगितामा प्रतिष्पर्धा गरेको छैन । यद्यपि, युथको प्रतिष्पर्धामा बलियो मानिएको हङकङ भने उपाधि जित्ने लक्ष्यका साथ आएको छ । मलेसियाले पनि बलियो दाबेदारी दिने लक्ष्य बनाएको छ ।