२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गत आवमा रु ५५ खर्ब १८ अर्बको तरलता प्रवाह



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा वित्तीय बजारमा रु ५५ खर्बभन्दा बढी तरलता प्रवाह गरेको जनाएको छ ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कमा आधारित मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरणानुसार गत आवमा कूल रु ५५ खर्ब १८ अर्ब १९ करोड तरलता प्रवाह भएको छ ।

राष्ट्र बैंकका अनुसार गत आवमा रिपोमार्फत रु चार खर्ब १४ अर्ब ४७ करोड, सोझै खरिदमार्फत रु ८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत रु २७ खर्ब २७ अर्ब ११ करोड र ओभरनाइट तरलता सुविधामार्फत रु २२ खर्ब ८६ अर्ब ९० करोड गरी कूल रु ५५ खर्ब १८ अर्ब १९ करोड ९कारोबारमा आधारित० तरलता प्रवाह भएको छ । अघिल्लो आवको सोही अवधिमा विभिन्न उपकरणमार्फत खुद रु ९६ खर्ब ४२ अर्ब ४१ करोड तरलता प्रवाह भएको थियो ।

त्यस्तै बैंकले गत आवमा विभिन्न उपकरणको प्रयोग गरेर रु एक खर्ब आठ अर्ब २० करोड तरलता प्रशोधन गरेको छ । जसमा रिभर्स रिपोमार्फत रु ८८ अर्ब २० करोड र निक्षेप सङ्कलन बोलकबोलमार्फत रु २० अर्ब गरी कूल रु एक खर्ब आठ अर्ब २० करोड तरलता प्रशोचन गरिएको उल्लेख छ ।

समीक्षा वर्षमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर पाँच अर्ब ४५ करोड खुद खरिद गरी रु सात खर्ब १२ अर्ब ५० करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब ९१ करोड खुद खरिद गरी रु तीन खर्ब ५५ अर्ब ५७ करोड तरलता प्रवाह गरिएको बैंकले जनाएको छ ।

त्यस्तै केन्द्रीय बैंकले समीक्षा वर्षमा अमेरिकी डलर चार अर्ब ५६ करोड बिक्री गरी रु पाँच खर्ब ९६ अर्ब ३७ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ । अघिल्लो वर्ष अमेरिकी डलर चार अर्ब ९२ करोड बिक्री गरी रु पाँच खर्ब ९५ अर्ब २३ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको थियो । रासस