१६ आश्विन २०८१, बुधबार
,
Latest
प्रस्तावित प्रधानन्यायाधीश राउतको आज संसदीय सुनुवाइ हुँदै अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग चार विकेटले पराजित तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्– आत्तिनु पर्दैन बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ? जलविद्युत् आयोजनामा बाढीको कहर, ११ सय मेगावाट विद्युत् प्रणाली बाहिर आर्सनलले पिएसजीलाई हरायो प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्यावश्यक परेकालाई तुरुन्तै राष्ट्रिय परिचयपत्र



अ+ अ-

त्रिशूली । जिल्ला प्रशासन कार्यालय नुवाकोटले अत्यावश्यक परेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र तुरुन्तै दर्ता गर्ने भएको छ । हाल राष्ट्रिय परिचयपत्र बनाउन नाम दर्ता गर्न आउनेको पालो असार पहिलो साता पुगेको सन्दर्भमा अत्यावश्यक परेका व्यक्तिको हकमा तुरुन्तै नाम दर्ता गरिने सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार नियमित प्रक्रियाअन्तर्गत हाल नाम दर्ता गर्नेको पालो असार पहिलो साता आउने भए पनि अत्यावश्यक परेको हो भन्ने कागजात पेश गरेमा सोही दिन सेवा दिने निर्णय गरिएको छ ।

“राष्ट्रिय परिचयपत्र बनाउन पालो प्रणालीअनुसार सेवा प्रदान गरिँदै आएकामा दर्ता स्टेशन एकबाट बढाई दुई बनाइएकाले पालो प्रणालीको टोकन लिएर तोकिएको मितिको पर्खाइमा रहेका तर, अति जरुरी परेका सेवाग्राहीको लागि यही चैत ६ गतेदेखि आएको दिनमा नै सेवा उपलब्ध गराइने छ”, प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।

अत्यावश्यक हो/होइन भनेर पहिचानको मापदण्ड स्वास्थ्य उपचार, वैदेशिक यात्राका लागि भिसा स्वीकृति, कुनै प्रतियोगिता, सेमिनार, गोष्ठीलगायतमा सहभागी हुन सम्बन्धित निकायबाट सिफारिस गरिएको तथा निमन्त्रणा आएको लगायतलाई आधार मानेर उक्त विषयसँग सम्बन्धित आवश्यक कागजात पेश गर्नुपर्ने प्रशासन कार्यालयले जनाएको छ ।

हाल चलनचल्तीमा रहेको मेसिन रिडेबल पासपोर्ट ९एमआरपी०लाई प्रतिस्थापन गर्दै विद्युतीय राहदानी अनिवार्य गरेसँगै त्यसका लागि राष्ट्रिय परिचयपत्रमा नाम दर्ता भएको हुनुपर्ने अनिवार्य गरिएको छ । सोही कारण नुवाकोटसहित देशभर नै राष्ट्रिय परिचयपत्र बनाउन चाहने सेवाग्राहीको सङ्ख्या धेरै देखिएको नुवाकोटका सप्रजिअ अर्यालले बताउनुभयो ।