४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

कर्णाली चिसापानी जलविद्युत आयोजना निर्माणको काम अघि बढाउँछौ: प्रधानमन्त्री दाहाल

कर्णाली चिसापानी जलविद्युत आयोजना निर्माणको काम अघि बढाउँछौ: प्रधानमन्त्री दाहाल
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले १० हजार ८ सय मेघावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अगाडी बढाउने बताउनुभएको छ ।

शुक्रवार नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिक उत्सव समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले १० हजार ८ सय मेघावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजनाको निर्माण प्रक्रियालाई अगाडी बढाइने बताउनुभएको हो ।

उहाँले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा कुनै ‘मेघा प्रोजेक्ट’ अगाडी बढाउने सपना देखेको उल्लेख गर्दै सोही सपनाको रुपमा कर्णाली चिसापानी जलविद्युत आयोजनालाई लिएको बताउनु भयो । उहाँले सो आयोजनाको ठोस रुपमा अध्ययन प्रक्रिया अगाडी बढाइएको बताउनु भयो । त्यसैगरी १२ सय मेघावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त परियोजना पनि अगाडी बढाउने सोच र योजनाका साथ सरकार लागिपरेको बताउनु भयो । प्रधानमन्त्री दाहालले आन्तरिक विद्युत खपतको वृद्धि गर्दै र विद्युत निर्यातका लागि स्पष्ट लक्ष्यका साथ अगाडी बढिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नदीनाला र हिमश्रृङ्खलाको बाहुल्यताले जलसम्पदामा प्रकृतिको आर्शिवाद प्राप्त हाम्रो देश जलविद्युत उत्पादनमा अत्यन्त उच्च सम्भावना भएको देशको रुपमा परिचित छ । देशभित्र पनि विश्वभरी पनि । जलवायु जोखिमसँग सम्बन्धित पक्षहरुलाई समेत मनन गर्दै बिना बिलम्व यो अवसरको उपयोगिता लिन हामी पछि पर्नु हुँदैन । हामीले आन्तरिक विद्युत खपतलाई उच्च प्राथमिकतामा राख्नै पर्दछ । आन्तरिक विद्युत खपतको वृद्धि गर्दै ऊर्जा सुरक्षा हासिल गर्नुका अतिरिक्त स्वदेशी विद्युत माग पूरा गरी बढी भएको परिमाणको विद्युत निर्यातका लागि समेत स्पष्ट लक्ष्यका साथ हामी अगाडी बढीरहेका छौँ । नेपालको जलविद्युत विकासमा उल्लेख्यनीय सहभागितामार्फत विद्युत उत्पादनको बढ्दो हिस्साका लागि योगदान पुर्‍याइरहेका निजी क्षेत्रको उत्पादित विद्युत समेत खरिद गरिरहेको नेपाल विद्युत प्राधिकरणले आफैँ वा आफ्ना सहायक कम्पनीहरुमार्फत आगामी दिनमा विद्युत उत्पादनका क्षेत्रमा सशक्त र अग्रणी भुमिकामा आफूलाई प्रश्तुत गर्दै जाने अपेक्षा र विश्वास मैले लिएको छु ।

योग्य र सक्षम जनशक्ति भएको नेपाल विद्युत प्राधिकरणको संलग्नतामा आगामी दिनमा १२ सय मेघावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त परियोजना तथा १० हजार ८ सय मेघावाट क्षमताको बहुआयामिक कर्णाली– चिसापानी जस्ता ठूला जलविद्युत आयोजनाहरुको निर्माण अघि बढाउने सोच र योजनाका साथ नेपाल सरकार अघि बढीरहेको अवस्था तपाईहरुसँग राख्न पाउँदा मलाई विशेष हर्ष र गर्वको महशुस भएको छ । मैले पहिलोचोटी प्रधानमन्त्री हुँदा नै कुनै मेघा प्रोजेक्ट अगाडी बढाउने सपना देखेको थिएँ । त्यसमध्येको कर्णाली चिसापानी १० हजार भन्दा बढी मेघावाटको सपना थियो । अहिले प्राधिकरणसँग कुरा गरेर अब हामी त्यसको ठोस रुपमा अध्ययन प्रक्रिया अगाडी बढाउँदै छौँ । यो सम्पूर्ण नेपालीहरुका लागि खुशी र गर्वको विषय हो भन्ने मलाई महशुस भएको छ ।’

प्रधानन्त्री दाहालले सरकारले ऊर्जा संरचनाको निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले सरकारले नयाँ विद्युत ऐन र अन्य आवश्यक नीति, निर्देशिका ल्याउन कुनै कसर बाँकी नराख्ने पनि स्पष्ट पार्नुभयो । उहाँले नेपालले ग्रिन हाइड्रोजन उत्पादन र प्रयोगमा पनि ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको बताउनु भयो । उहाँले ग्रिन हाइड्रोजन सम्बन्धी नीति जारी गर्ने पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘जलविद्युत आयोजनाहरुको समय सीमावद्ध विकास र सो सँग सम्बन्धित सम्पूर्ण ऊर्जा संरचनाको निर्माणमा नेपाल सरकारको उच्चतम प्राथमिकता, सदासयता र सहयोग रहने प्रतिवद्धता पनि म यस अवसरमा व्यक्त गर्न चाहन्छु । यसका लागि सरकारले नयाँ विद्युत ऐन र अन्य आवश्यक नीति, निर्देशिका ल्याउन समेत कुनै कसर बाँकी राख्ने छैन भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु । ऊर्जा सुरक्षालाई पनि एकिकृत राष्ट्रिय सुरक्षाकै अंगको रुपमा लिँदै जलविद्युतको प्रचुर उत्पादनबाट हरित, स्वच्छ ऊर्जा उत्पादकका रुपमा नेपालको अन्तर्राष्ट्रिय जगतमा समेत परिचय स्थापित गरी सन् २०४५ सम्ममा शुन्य कार्बन उत्र्सजन गर्ने प्रतिवद्धता पूरा गर्न कार्ययोजनाका साथ अघि बढ्नुपर्दछ ।

नेपालले ग्रिन हाइड्रोजन उत्पादन र प्रयोगमा पनि विशेष ध्यान केन्द्रित गर्नुपर्ने बेला आइ नै सकेको छ । सरकारले चाँडै नै ग्रिन हाइड्रोजन सम्बन्धी नीति जारी गर्दैछ । जुन आफैँमा दूरगामी महत्वको घोषणा हुनेछ । ग्रिन हाइड्रोज व्यापारिक रुपले सम्भाव्य हुने अवस्थामा नेपाल हरित ऊर्जाको केन्द्र बन्नेछ । यसबाट सरकारले स्वच्छ र नविकरणीय ऊर्जाको विकास र खपत गर्दै कार्बन उत्सर्जन घटाउने लक्ष्यमा सहयोग पुग्नेछ । तसर्थ म सम्बन्धित निकायलाई यससम्बन्धी थप अनुसन्धान र ज्ञानमा आधारित प्रविधिको विकासमा जोड दिन विशेष आग्रह गर्न चाहन्छु ।’

उहाँले आगामी दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत पुर्‍याउनेगरी विद्युत प्राधिकरण लागिपरिरहेको बताउनु भयो । उहाँले सरकारले विद्युतीय सवारी साधन र विद्युतीय चुल्होमा प्रोत्साहन गरिरहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले विकासका काममा राजनीति नगरी सबै एकजुट हुनुपर्ने बताउनु भयो ।