३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली चिसापानी जलविद्युत आयोजना निर्माणको काम अघि बढाउँछौ: प्रधानमन्त्री दाहाल



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले १० हजार ८ सय मेघावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अगाडी बढाउने बताउनुभएको छ ।

शुक्रवार नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिक उत्सव समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले १० हजार ८ सय मेघावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजनाको निर्माण प्रक्रियालाई अगाडी बढाइने बताउनुभएको हो ।

उहाँले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा कुनै ‘मेघा प्रोजेक्ट’ अगाडी बढाउने सपना देखेको उल्लेख गर्दै सोही सपनाको रुपमा कर्णाली चिसापानी जलविद्युत आयोजनालाई लिएको बताउनु भयो । उहाँले सो आयोजनाको ठोस रुपमा अध्ययन प्रक्रिया अगाडी बढाइएको बताउनु भयो । त्यसैगरी १२ सय मेघावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त परियोजना पनि अगाडी बढाउने सोच र योजनाका साथ सरकार लागिपरेको बताउनु भयो । प्रधानमन्त्री दाहालले आन्तरिक विद्युत खपतको वृद्धि गर्दै र विद्युत निर्यातका लागि स्पष्ट लक्ष्यका साथ अगाडी बढिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नदीनाला र हिमश्रृङ्खलाको बाहुल्यताले जलसम्पदामा प्रकृतिको आर्शिवाद प्राप्त हाम्रो देश जलविद्युत उत्पादनमा अत्यन्त उच्च सम्भावना भएको देशको रुपमा परिचित छ । देशभित्र पनि विश्वभरी पनि । जलवायु जोखिमसँग सम्बन्धित पक्षहरुलाई समेत मनन गर्दै बिना बिलम्व यो अवसरको उपयोगिता लिन हामी पछि पर्नु हुँदैन । हामीले आन्तरिक विद्युत खपतलाई उच्च प्राथमिकतामा राख्नै पर्दछ । आन्तरिक विद्युत खपतको वृद्धि गर्दै ऊर्जा सुरक्षा हासिल गर्नुका अतिरिक्त स्वदेशी विद्युत माग पूरा गरी बढी भएको परिमाणको विद्युत निर्यातका लागि समेत स्पष्ट लक्ष्यका साथ हामी अगाडी बढीरहेका छौँ । नेपालको जलविद्युत विकासमा उल्लेख्यनीय सहभागितामार्फत विद्युत उत्पादनको बढ्दो हिस्साका लागि योगदान पुर्‍याइरहेका निजी क्षेत्रको उत्पादित विद्युत समेत खरिद गरिरहेको नेपाल विद्युत प्राधिकरणले आफैँ वा आफ्ना सहायक कम्पनीहरुमार्फत आगामी दिनमा विद्युत उत्पादनका क्षेत्रमा सशक्त र अग्रणी भुमिकामा आफूलाई प्रश्तुत गर्दै जाने अपेक्षा र विश्वास मैले लिएको छु ।

योग्य र सक्षम जनशक्ति भएको नेपाल विद्युत प्राधिकरणको संलग्नतामा आगामी दिनमा १२ सय मेघावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त परियोजना तथा १० हजार ८ सय मेघावाट क्षमताको बहुआयामिक कर्णाली– चिसापानी जस्ता ठूला जलविद्युत आयोजनाहरुको निर्माण अघि बढाउने सोच र योजनाका साथ नेपाल सरकार अघि बढीरहेको अवस्था तपाईहरुसँग राख्न पाउँदा मलाई विशेष हर्ष र गर्वको महशुस भएको छ । मैले पहिलोचोटी प्रधानमन्त्री हुँदा नै कुनै मेघा प्रोजेक्ट अगाडी बढाउने सपना देखेको थिएँ । त्यसमध्येको कर्णाली चिसापानी १० हजार भन्दा बढी मेघावाटको सपना थियो । अहिले प्राधिकरणसँग कुरा गरेर अब हामी त्यसको ठोस रुपमा अध्ययन प्रक्रिया अगाडी बढाउँदै छौँ । यो सम्पूर्ण नेपालीहरुका लागि खुशी र गर्वको विषय हो भन्ने मलाई महशुस भएको छ ।’

प्रधानन्त्री दाहालले सरकारले ऊर्जा संरचनाको निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले सरकारले नयाँ विद्युत ऐन र अन्य आवश्यक नीति, निर्देशिका ल्याउन कुनै कसर बाँकी नराख्ने पनि स्पष्ट पार्नुभयो । उहाँले नेपालले ग्रिन हाइड्रोजन उत्पादन र प्रयोगमा पनि ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको बताउनु भयो । उहाँले ग्रिन हाइड्रोजन सम्बन्धी नीति जारी गर्ने पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘जलविद्युत आयोजनाहरुको समय सीमावद्ध विकास र सो सँग सम्बन्धित सम्पूर्ण ऊर्जा संरचनाको निर्माणमा नेपाल सरकारको उच्चतम प्राथमिकता, सदासयता र सहयोग रहने प्रतिवद्धता पनि म यस अवसरमा व्यक्त गर्न चाहन्छु । यसका लागि सरकारले नयाँ विद्युत ऐन र अन्य आवश्यक नीति, निर्देशिका ल्याउन समेत कुनै कसर बाँकी राख्ने छैन भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु । ऊर्जा सुरक्षालाई पनि एकिकृत राष्ट्रिय सुरक्षाकै अंगको रुपमा लिँदै जलविद्युतको प्रचुर उत्पादनबाट हरित, स्वच्छ ऊर्जा उत्पादकका रुपमा नेपालको अन्तर्राष्ट्रिय जगतमा समेत परिचय स्थापित गरी सन् २०४५ सम्ममा शुन्य कार्बन उत्र्सजन गर्ने प्रतिवद्धता पूरा गर्न कार्ययोजनाका साथ अघि बढ्नुपर्दछ ।

नेपालले ग्रिन हाइड्रोजन उत्पादन र प्रयोगमा पनि विशेष ध्यान केन्द्रित गर्नुपर्ने बेला आइ नै सकेको छ । सरकारले चाँडै नै ग्रिन हाइड्रोजन सम्बन्धी नीति जारी गर्दैछ । जुन आफैँमा दूरगामी महत्वको घोषणा हुनेछ । ग्रिन हाइड्रोज व्यापारिक रुपले सम्भाव्य हुने अवस्थामा नेपाल हरित ऊर्जाको केन्द्र बन्नेछ । यसबाट सरकारले स्वच्छ र नविकरणीय ऊर्जाको विकास र खपत गर्दै कार्बन उत्सर्जन घटाउने लक्ष्यमा सहयोग पुग्नेछ । तसर्थ म सम्बन्धित निकायलाई यससम्बन्धी थप अनुसन्धान र ज्ञानमा आधारित प्रविधिको विकासमा जोड दिन विशेष आग्रह गर्न चाहन्छु ।’

उहाँले आगामी दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत पुर्‍याउनेगरी विद्युत प्राधिकरण लागिपरिरहेको बताउनु भयो । उहाँले सरकारले विद्युतीय सवारी साधन र विद्युतीय चुल्होमा प्रोत्साहन गरिरहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले विकासका काममा राजनीति नगरी सबै एकजुट हुनुपर्ने बताउनु भयो ।