२४ भाद्र २०८३, बुधबार
,
Latest
‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात पदाधिकारी नियुक्त खोलाले बगाएका किशोर मृत फेला रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनको क्यानरी टापुमा लागेको डढेलो १८ सय हेक्टरमा फैलियो



अ+ अ-

एजेन्सी । स्पेनको टेनेरिफको उत्तरपूर्वमा रहेको क्यानरी टापुमा बुधवारबाट लागेको डढेलो १८ सय हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

बुधवारबाट लागेको डढेलो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । सुख्खा क्षेत्र र तिब्र हावाका कारण आगो झनै फैलिरहेको बताइएको छ । क्यानरी टापुका अध्यक्ष फर्नान्डो क्लाभिजोले पहाडी क्षेत्रमा भएका कारण आगो निभाउन कठिन भइरहेको बताए ।

डढेलो कसरी लाग्यो भन्नेकुरा अझैसम्म स्पष्ट हुन सकेको छैन । आगो १७ हजार ५ सय बासिन्दा रहेको शहर एल ओरोटाभेको छेउसम्म पुगेको थियो । आगोका कारण सो क्षेत्रबाट करिव १५० जनालाई बिस्थापि भएका छन् । सम्पती कति क्षति भयो भन्ने बारेमा तथ्यांक आइसकेको छैन । करिव २७० अग्नि नियन्त्रक र १७ बढी हेलिकप्टरबाट आगो नियन्त्रणमा लिने प्रयास भएपनि सफल हुन सकेको छैन ।

युरोपेली फरेस्ट फायर इन्फर्मेशन सिस्टम (इएफएफआईसी) को तथ्यांकअनुसार स्पेनमा हालसम्म सन् २०२३ मा ७३ हजार ५ सय हेक्टर जंगलमा आगो लागेको छ ।