२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनको क्यानरी टापुमा लागेको डढेलो १८ सय हेक्टरमा फैलियो



अ+ अ-

एजेन्सी । स्पेनको टेनेरिफको उत्तरपूर्वमा रहेको क्यानरी टापुमा बुधवारबाट लागेको डढेलो १८ सय हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

बुधवारबाट लागेको डढेलो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । सुख्खा क्षेत्र र तिब्र हावाका कारण आगो झनै फैलिरहेको बताइएको छ । क्यानरी टापुका अध्यक्ष फर्नान्डो क्लाभिजोले पहाडी क्षेत्रमा भएका कारण आगो निभाउन कठिन भइरहेको बताए ।

डढेलो कसरी लाग्यो भन्नेकुरा अझैसम्म स्पष्ट हुन सकेको छैन । आगो १७ हजार ५ सय बासिन्दा रहेको शहर एल ओरोटाभेको छेउसम्म पुगेको थियो । आगोका कारण सो क्षेत्रबाट करिव १५० जनालाई बिस्थापि भएका छन् । सम्पती कति क्षति भयो भन्ने बारेमा तथ्यांक आइसकेको छैन । करिव २७० अग्नि नियन्त्रक र १७ बढी हेलिकप्टरबाट आगो नियन्त्रणमा लिने प्रयास भएपनि सफल हुन सकेको छैन ।

युरोपेली फरेस्ट फायर इन्फर्मेशन सिस्टम (इएफएफआईसी) को तथ्यांकअनुसार स्पेनमा हालसम्म सन् २०२३ मा ७३ हजार ५ सय हेक्टर जंगलमा आगो लागेको छ ।