५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली भुटानी शरणार्थी प्रकरण: सबै प्रतिवादीको पुनरावेदनमाथिको सुनुवाइ एकैपटक हुने



अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै प्रतिवादीको पुनरावेदनमाथिको सुनुवाइ एकैपटक हुने भएको छ । उच्च अदालत पाटनले सो प्रकरणमा सबै प्रतिवादीको पुनरावेदनमाथिको सुनुवाइ एकैपटक गर्ने आदेश दिएको हो ।

बिहीबार न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासले सबै प्रतिवादीको पुनरावेदनमाथिको सुनुवाइ एकैपटक गर्ने आदेश दिएको छ ।

आज उच्च अदालतमा नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डेसहित १० जनाको पुनरावेदनमा सुनुवाइ भएको थियो ।​

उक्त सुनुवाइपछि बाँकी प्रतिवादीहरुले पनि जिल्ला अदालत काठमाडौंको फैसला पुनरावलोकन गर्न निवेदन गरेको देखिएकाले एकै पटक पेश गर्न आदेश दिइएको हो ।

बिहीबार सचिव पाण्डेसहित, सानु भण्डारी, डा. ईन्द्रजित राई, हरिभक्त महर्जन, आङटावा शेर्पा, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मिया, नरेन्द्र केसी र गोबिन्द चौधरीको पुनरावेदन निवेदनमाथि सुनुवाइ भएको छ ।

पूर्वगृहमन्त्री वालकृष्ण खाँण, टोपबहादुर रायमाझी, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायतको पुनरावेदनमाथि भने आज सुनुवाइ भएन ।