२० श्रावण २०८३, बुधबार
,
Latest
हर्मुज खोल्न ट्रम्पको चेतावनी पर्साबाट फरार प्रतिवादी पक्राउ सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो अन्तर्राष्ट्रिय कार्यक्रममा मात्र राष्ट्रिय स्कार्फ प्रयोग हुने उद्योगमन्त्री यादवको निर्देशनपछि औद्योगिक क्षेत्रमा कडाइ, कन्टिनेन्टल कम्पोनेन्टलाई ७ दिनभित्र छलफलमा उपस्थित हुन पत्र विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता विराटनगरमा सबैभन्दा बढी वर्षा केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त आर्थिक रुपान्तरणका लागि ‘नीतिगत आत्मविश्वास’ आवश्यक, राष्ट्र बैंकलाई समस्या समाधान गर्ने नियामक बन्न अर्थमन्त्रीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको हवाई डढेलोमा मृत्यु हुनेको संख्या ११० पुग्यो



अ+ अ-

एजेन्सी । अमेरिकाको माउई जंगलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ११० पुगेको छ ।

बुधवार साँझसम्म हवाई राज्यको माउईमा लागेको डढेलोले ११० जनाको ज्यान गएको हवाई राज्यका मेयर जोस ग्रिनले बताउनुभएको हो ।

जलेको भूभागमध्ये बुधवारसम्म ३८ प्रतिशत भूभागमा खोजि गरिसकिएको बताइएको छ । माउईका प्रहरी प्रमुख जोन पेलेटियरले यस हप्ताको अन्तिमसम्म ९० प्रतिशत क्षेत्रमा अनुसन्धान गरिसक्ने आशा गरेको बताउनु भयो । यो आगलागी अमेरिकामा एक शताब्दीपछिकै ठूलो हो ।

हवाई राज्यको जंगलमा लागेको डढेलोबाट मृतकको संख्या बढ्दै गएपछि सरकारको आलोचना शुरु भएको छ । अमेरिक राष्ट्रपति जो बाइडेनले डढेलोबाट क्षति पुगेका परिवारलाई प्रति परिवार ७ सय डलरको सहयोग गरेसँगै सरकारको आलोचना शुरु भएको हो ।

आलोचकहरुले उक्त सहायता रकम अपमानजनक भएको बताएका छन् । संघीय आपत्कालीन व्यवस्थापन एजेन्सी (फेमा) ले हवाईका बासिन्दाहरुलाई सहयोग गर्न ३ सय फेमा कर्मचारी र १४० खोज तथा उद्धार टोली खटाएको बताएको छ ।