१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको हवाई डढेलोमा मृत्यु हुनेको संख्या ११० पुग्यो



अ+ अ-

एजेन्सी । अमेरिकाको माउई जंगलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ११० पुगेको छ ।

बुधवार साँझसम्म हवाई राज्यको माउईमा लागेको डढेलोले ११० जनाको ज्यान गएको हवाई राज्यका मेयर जोस ग्रिनले बताउनुभएको हो ।

जलेको भूभागमध्ये बुधवारसम्म ३८ प्रतिशत भूभागमा खोजि गरिसकिएको बताइएको छ । माउईका प्रहरी प्रमुख जोन पेलेटियरले यस हप्ताको अन्तिमसम्म ९० प्रतिशत क्षेत्रमा अनुसन्धान गरिसक्ने आशा गरेको बताउनु भयो । यो आगलागी अमेरिकामा एक शताब्दीपछिकै ठूलो हो ।

हवाई राज्यको जंगलमा लागेको डढेलोबाट मृतकको संख्या बढ्दै गएपछि सरकारको आलोचना शुरु भएको छ । अमेरिक राष्ट्रपति जो बाइडेनले डढेलोबाट क्षति पुगेका परिवारलाई प्रति परिवार ७ सय डलरको सहयोग गरेसँगै सरकारको आलोचना शुरु भएको हो ।

आलोचकहरुले उक्त सहायता रकम अपमानजनक भएको बताएका छन् । संघीय आपत्कालीन व्यवस्थापन एजेन्सी (फेमा) ले हवाईका बासिन्दाहरुलाई सहयोग गर्न ३ सय फेमा कर्मचारी र १४० खोज तथा उद्धार टोली खटाएको बताएको छ ।