१० भाद्र २०८३, बुधबार
,
Latest
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो वर्षको दोस्रो धेरै कमाई गर्ने फिल्म बन्यो ‘गदर २’



अ+ अ-

एजेन्सी । सनी देवल स्टारर फिल्म ‘गदर २’ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । फिल्मले विभिन्न रेकर्डहरु समेत राखेको छ । फिल्मले बुधबार ३२.३७ करोड कमाएको छ । मात्र ६ दिनमा फिल्मको कुल कमाई २६१.३५ करोड पुगेको छ ।

योसँगै गदर–२ शाहरुख खानको ‘पठान’पछि २०२३ को दोस्रो धेरै कमाउने हिन्दी फिल्म बनेको छ । फिल्मले ‘द केरला स्टोरी’को लाइफटाइम कलेक्शनलाई समेत उछिनेको छ । उक्त फिल्म २३८ करोड कलेक्शनका साथ दोस्रो नम्बरमा रहेको थियो ।

गदर २ रिलिज भएको एक साता पनि भइसकेको छैन, यसले यो वर्षका धेरै ठूला चलचित्रलाई पछि पारेको छ ।

अनिल शर्माको निर्देशन रहेको यो फिल्म २००१ को गदरको सिक्वेल हो । फिल्ममा सनी देवलसँगै अमिशा पटेल, उत्कर्ष शर्मा, मनिष वधवा, गौरव चोपरा लगायतको भूमिका रहेको छ ।

यो वर्ष सबैभन्दा बढी कमाई गर्ने हिन्दी फिल्महरु –
पठान – ५४३.०५ करोड
गदर २ – २६१.३५ करोड
द केरला स्टोरी – २३८.९७ करोड
तू झूठी में मक्कार – १४९.०५ करोड
आदिपुरुष – १४१.०८ करोड
रकी–रानी की प्रेम कहानी – १३९.४२ करोड
किसीका भाई किसीकी जान ११०.५३ करोड