५ श्रावण २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छः अर्थमन्त्री वाग्ले अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो नेत्रज्योति संघले बढायो स्वास्थ्य पर्यटनको सम्भावना व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुनै पनि आवरणमा भ्रष्टाचार र भ्रष्टाचारीले छुट पाउनु हुन्न: राजेन्द्र लिङ्देन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कुनै पनि आवरणमा भ्रष्टाचार र भ्रष्टाचारीले छुट पाउन नहुने टिप्पणी गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा दोस्रो चरणको अनुसन्धान प्रारम्भ हुनै लागेको बेला अनुसन्धानमा संलग्न मुख्यमुख्य प्रहरी अधिकृतहरुलाई सरुवा गर्न लागेको भन्ने समाचारप्रति उक्त टिप्पणी गर्नुभएको हो ।

उहाँले यदि अनुसन्धानमा संलग्न प्रमुख प्रहरीलाई सरुवा गर्ने र बाँकी अनुसन्धानलाई फासफुस पार्ने टुंगो लागेको भए आफूहरु यसप्रति सचेत रहेको र कुनै पनि हालतमा भ्रष्टाचार र भ्रष्टाचारीले छुट पाउन हुन्न भन्दै चेतावनी दिनुभयो ।

उहाँले लेख्नुभएको छ-

नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा दोस्रो चरणको अनुसन्धान प्रारम्भ हुुन लागेको भनिएकै बेला काले काले मिलेर खाउँ खाउँ भाले भन्ने टुङ्गो लाग्यो रे रु
अब नियमित जस्तो बनाएर अनुसन्धानमा संलग्न मुख्य मुख्य प्रहरी अधिकृतहरुलाई सरुवा गर्ने र हस् हजुरलाई ल्याएर बाँकी काम फासफुस पार्ने टुंगो लाग्यो रे रु
के यो सत्य हो ?

होस गरेस् ,हामी जागा छौँ अब कुनै आवरणमा पनि भ्रष्टाचार र भ्रष्टाचारीले छुट पाउनु हुन्न !