९ श्रावण २०८३, शनिबार
,
Latest
स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोटका कारण पृथ्वी शा ओडीआई कपबाट बाहिर



अ+ अ-

एजेन्सी । भारतीय ब्याट्सम्यान पृथ्वी शा इंग्ल्याण्डमा जारी एकदिवसीय कप प्रतियोगिता २०२३ बाट बाहिरिएका छन् । शा एकदिवसीय कप प्रतियोगितामा नर्थह्याम्प्टनशायरबाट खेल्छन् । आइतबार डरहमविरुद्धको खेलमा फिल्डिङ गर्ने क्रममा उनको घुँडामा चोट लागेको थियो ।

नर्थह्याम्प्टनशायरले एक विज्ञप्तिमा भनेको छ – स्क्यानको नतिजाले देखाएको छ कि चोट धेरै गम्भीर छ ।’ शालाई हाल भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को मेडिकल टोलीले निगरानी गरिरहेको छ । यस्तै, शुक्रबार लन्डनमा एक विशेषज्ञलाई भेट्ने कार्यक्रम रहेको छ ।

२३ वर्षीय शाले बुधबार (अगस्ट ९) मा समरसेटविरुद्ध १५३ बलमा २४४ रनको इनिङ्स खेलेका थिए । शाले यस प्रतियोगिताको इतिहासमा सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमान बनाएका छन् । उनले ओली रोबिन्सनको २०६ (२०२२ मा केन्टका लागि) लाई पछि पारेका हुन् ।