२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौमा अधिकांश बाणिज्य बैंकले बढाए ब्याजदर, कसको कति बढ्यो?



अ+ अ-

काठमाडौं । बाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागू हुने गरी बैंकको ब्याजदर बढाएका छन् ।

भदौ १ गतेदेखि लागू हुने नयाँ निक्षेपको ब्याजदर सार्वजनिक गर्दै १२ वटा बाणिज्य बैंकको ब्याजदर बढाएका छन् । ब्याजदरमा खुल्ला नीति लागू भएसँगै वाणिज्य बैंकहरुले आफूखुशी ब्याजदर निर्धारण गरेका हुन् ।

साउन महिनाका लागि निक्षेपमा न्यूनतम ७ प्रतिशतदेखि ९.९८ प्रतिशतसम्म ब्याजदर तोकिएकोमा भदौमा बैंकहरुले १०.८९६ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।

अहिले सबैभन्दा बढी ब्याज दिनेमा ग्लोबल आइएमइ बैंक, एनआइसि एसिया, नेपाल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र कृषि विकास बैंकको रहेका छन् । यी बैंकहरुले भदौका लागि १०.८९६ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

यस्तै, प्राइम कमर्सियल बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक र प्रभू बैंकले क्रमश: १०.५० प्रतिशत, १०.४९ प्रतिशत, १०.४० प्रतिशत, र १०.१० प्रतिशत ब्याजदर तोकेका छन् ।

त्यसैगरी, एनएमबी बैंक, नेपाल एसबीआई बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक र राष्ट्रिय वाणिज्य बैंकले ९.९९ प्रतिशत ब्याजदर कायम गरेका छन् भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम ८.९२ प्रतिशत ब्याजदर तोेकेको छ ।