१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली

डब्लुएचओको दाबीः कोरोनाको आगामी भेरियन्ट झनै खतरनाक हुने

डब्लुएचओको दाबीः कोरोनाको आगामी भेरियन्ट झनै खतरनाक हुने
अ अ+ अ-

एजेन्सी । गत दुई वर्षदेखि कोरोना महामारीले विश्वमै आक्रान्त मच्चाइरहेको छ । यस भाइरसले कैयौं पटक म्युटेशन लिइसकेको छ, तर यसको केही भेरियन्ट भने मानिसको ज्यानै लिने तथा बढी संक्रामक समेत प्रमाणित भएको छ  । 

हालै विश्व स्वास्थ्य संगठन (WHO)की कोभिड–१९ टेक्निकल लिड मारिया वान केरखोवेले बताएकी छन् कि कोरोनाको नयाँ भेरियन्ट अझै बढी संक्रामक हुनेछ, किनभने उसलाई अवस्थित भेरियन्टलाई ओभरटेक गर्नुपर्ने हुन्छ । उक्त भेरियन्ट हल्का र गम्भीर दुबै प्रकारको हुने र त्यसले हाम्रो प्रतिरोधात्मक क्षमतालाई नष्ट गर्ने उनी बताउँछिन् । 

कसरी बन्छ कोरोनाको नयाँ भेरियन्ट ?
कुनैपनि भाइसर समयसँगै परिवर्तन हुँदै जान्छ, ताकि त्यो प्रकृतिमा बाँच्न सकोस् । धेरैजसो भाइरसले आफ्नो गुणहरुलाई त्यति परिवर्तन गर्दैनन्, तर केही भाइरस यस्ता पनि हुन्छन् जसलाई भ्याक्सिन र उपचारसँग लड्नका लागि स्वरुप परिवर्तन गर्नुपर्ने हुन्छ । मानिसहरुका लागि एक भेरियन्ट कतिसम्म खतरनाक हुन्छ, यसको आधारमा विश्व स्वास्थ्य संगठन (WHO) त्यसलाई ‘भेरियन्ट अफ कन्सर्न’  (VoC) अर्थात चिन्ताजनक भेरियन्ट घोषित गर्दछ । 

कोरोनाको कति प्रकारका भेरियन्टहरु छन् ?
अहिलेसम्म कोरोनाका ५ भेरियन्टहरु – अल्फा, बीटा, गामा, डेल्टा र ओमिक्रोन घोषित गरिएको छ । यी भेरियन्टहरु मानिसमा तीब्र गतिमा फैलिने, मानिसलाई गम्भीर रुपमा संक्रमित बनाउने र मृत्युसम्म गराउनेमा जिम्मेवार छन् । 

अल्फा भेरियन्ट (B.1.1.7) पहिलो पटक सेप्टेम्बर २०२० मा बेलायतमा पाइएको थियो । बीटा भेरियन्ट (B.1.351)  मे २०२० मा सर्वप्रथम दक्षिण अफ्रिकामा पाइएको थियो । यस्तै गामा भेरियन्ट (P.1) ब्राजिलमा नोभेम्बर २०२० मा भेटिएको थियो । 

नेचर जर्नलका रिपोर्ट अनुसार, यी तिनै भेरियन्टको म्युटेशन समान रहेका छन् । यी भेरियन्टले कमजोर प्रतिरक्षा प्रणाली भएकालाई निशाना बनाउँछन् र संक्रमण महिनौंसम्म रहन्छ । 

डेल्टा भेरियन्ट (B.1.617.2) अक्टुबर २०२० मा भारतमा पाइएको थियो । यो अल्फा भेरियन्ट भन्दा ६० प्रतिशत बढी संक्रामक रहेको छ, जसकारण वैज्ञानिक यसलाई ‘सुपर अल्फा’ समेत भन्ने गर्छन् । 

ओमिक्रोन भेरियन्ट (B.1.1.529) नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पाइएको थियो । ओमिक्रोनको स्पाइक प्रोटीनमा अन्य भेरियन्ट भन्दा धेरै म्युटेशन हुन्छ, जसकारण यो तीब्र गतिमा फैलिने गर्छ । स्पाइक प्रोटीनको सहायताले नै भाइरस मानिसको शरीरमा प्रवेश गर्छ । 

भविष्यमा दोस्रो भेरियन्ट आउने सम्भावना 
विश्व स्वास्थ्य संगठनकी एक्सपर्ट मारिया वान केरखोव बताउँछिन् कि ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट भने होइन । हामीले आगामी दिनमा पनि अन्य भेरियन्ट भेटिएको खबर सुन्न पाउनेछौँ । यद्यपि, अहिले नै यो भन्न सकिँदैन कि ती भेरियन्टहरु कुन प्रकारका म्युटेशन हुनेछन् । 

नेचर जनरलको एक रिपोर्ट अनुसार वैज्ञानिक जेमी ब्लूम बताउँछन्, ‘कोरोना भाइरस अहिल्यै अन्त्य हुँदैन । यो आन्तरिक स्टेजमा आउनेछ । अर्थात् भाइरस कमजोर हुनेछ र मानिसहरु योसँगै जिउन सक्नेछन् । यो एक आम रोग हुनेछ ।’

वैज्ञानिक एन्ड्रयु रम्बोट बताउँछन् – 'ओमिक्रोनको संक्रमण हल्का भएको कारण आगामी भेरियन्टलाई हल्का ठान्नुहुँदैन । यस्तो पनि हुन सक्नेछ कि आगामी भेरियन्ट धेरै खतरनाक पनि होला ।’