२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज



file photo: can
अ+ अ-

काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज तोकिएको छ । लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको मुद्दाको अन्तिम सुनुवाइको पेशी आज पहिलो नम्बरमा परेको छ । उक्त पेसीमा कुनै फेरबदल नआए आज सन्दीपको मुद्दाले किनारा पाउनेछ।

लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा हाल २४ पटक पेसी चढिसकेको छ । सर्वोच्च अदालतले उक्त मुद्दालाई छिटो सुनुवाइ गर्नु भनी आदेश दिएपनी जिल्ला अदालतका न्यायाधीशहरुले तदारुकता नदेखाएपछि विभिन्न बहानामा पेसि सर्दै आएको छ । अदालतले बिहिबारलाई अन्तिम सुनुवाइको मिति भनेको छ । आज मुद्दाको सुनवाइ भएन भने सन्दीपको एसिया कप प्रभावित बन्न सक्छ ।

नेपाली क्रिकेट टीमले अगष्ट ३० (भदौ १३ गते) बाट सुरु हुने एसिया कप क्रिकेट खेल्दैछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसअघि नै स्पिनर सन्दीपसहित एसिया कप खेल्ने १७ सदस्यीय टोलीको नामको घोषणा गरिसकेको छ ।

सन्दीपको उत्कृष्ट प्रदर्शनमा नै नेपालले विश्वकपको ग्लोबल क्वालिफायरमा पुर्‍याउन, एक दिवसीय मान्यता कायम राख्न तथा एसीसी प्रिमियर लिग जित्दै एसिया कपमा स्थान बनाएको थियो । उनले हालै क्यानडामा आयोजित ग्लोबल टी–२० मा सर्रे जगुअर्सबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।