५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङमा ४१ करोडभन्दा बढी विद्युत् महसुल उठाउन बाँकी



युनाइटेड सिमेन्ट उद्योग
अ+ अ-

मलेखु । धादिङमा विद्युत् बक्यौता उच्च देखिएको छ । नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाले दिएको जानकारी अनुसार रु ४१ करोड ३८ लाख ४५ हजार छ सय १६ विद्युत् महसुल उठ्न बाँकी देखिएको हो ।

त्यसमध्ये धुनिबेँसी नगरपालिकामा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगको मात्र रु २७ करोड ५९ लाख ६४ हजार पाँच सय ५६ बाँकी रहेको देखिन्छ । युनाइटेड सिमेन्टले पुरानो विद्युत् महसुलबारे अदालतमा मुद्दा गरिरहेको छ ।

महसुल नतिर्ने एक हजार सात सय ४८ जनाको विद्युत् लाइन काटिए पनि एक सय ७७ ग्राहकले अझैसम्म भुक्तानी नभएको नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेले जानकारी दिनुभयो । एक सय तीन जनालाई विद्युत् प्राधिकरणले धादिङमा कालोसूचीमा राखेको छ । विद्युत् लाइन काटेपछि नेपाल विद्युत् प्राधिकरणले रु चार करोड २६ लाख ७४ हजार दुई सय ४० असुली गरेको प्राधिकरणले जनाएको छ । कालोसूचीमा परेका ग्राहकबाट रु ३७ लाख १२ हजार तीन सय एक असुल गर्न बाँकी रहेको छ ।

कालोसूचीमा राखेपछि सरकारी बाँकीसरह असुल गर्ने र तिनपुस्तेमा पर्नेलाई विद्युत् सेवा नदिने नियमसमेत छ । धादिङ शाखाले गत आवमा एक जना ग्राहकको रकम उठाउन काठमाडाँै र भक्तपुरमा समेत उनीहरुको घरमा लाइन काटेको कार्यालय प्रमुख न्यौपानेको भनाइ छ ।

धादिङमा विद्युत् चोरीको घटना पनि गत वर्षको तुलनामा बढेको छ । चुहावट रोक्न बन्द मिटर फेर्ने, तारले छोएका रुख काट्ने, नाङ्गो तारलाई कालो तारमा रुपमान्तरण र ट्रान्सफरमर थप गरेर विद्युत् सञ्चालन गरे पनि चोरी नियन्त्रण भने अझै गर्न सकेको छैन ।

प्राधिकरण धादिङ शाखाका न्यौपानका अनुसार गत आर्थिक वर्षमा मात्रै विद्युत् चोरीमा गर्ने दुई सय ९४ जनालाई कारबाहीसमेत गरेको छ । उनीहरुबाट रु १४ लाख ८१ हजार ९६ जरिवाना असुल पनि गरेको छ तर पनि चोरी निर्मुल पार्न सकेको छैन । यसभन्दा अघिल्लो वर्षमा नेपाल विद्युत् प्राधिकरण धादिङले एक सय २३ जनालाई विद्युत् चोरीअन्तर्गत कारबाही गरेको थियो ।

गत आवमा रु ११ करोड २२ लाख ९१ हजार छ सय नौ युनिट विद्युत् बिक्री गरी एक अर्ब दुई करोड दुई लाख ८२ हजार आठ सय ४६ को विद्युत् बिक्री गरेको पाइएको छ । गत वर्षको तुलनामा यो २५ प्रतिशतले वृद्ध भएको विद्युत् प्राधिकरणले जनाएको छ ।रासस




भर्खरै