१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली

द्वन्दकालिन मुद्दालाई उचालेर सभामुखमाथि आक्रमण प्रतिक्रियावादी षड्यन्त्र: माओवादी केन्द्र

द्वन्दकालिन मुद्दालाई उचालेर सभामुखमाथि आक्रमण प्रतिक्रियावादी षड्यन्त्र: माओवादी  केन्द्र
अ अ+ अ-

काठमाडौं । नेकपा माओबादी केन्द्रले द्वन्दकालिन मुद्दालाई उचालेर सभामुख अग्नि सापकोटामाथि आक्रमण गर्नु प्रतिक्रियावादी षड्यन्त्रको गम्भीर अभिव्यक्ति भएको जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जाल मार्फत सभामुख माथीको आक्रमणको जमेर प्रतिबाद गर्न आब्हान  गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जलमा लेख्नु भएको छ :

जनयुद्ध, जन-आन्दोलन, बिस्तृत शान्ति सम्झौता, संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र हुदै नयाँ संविधानमार्फत संस्थागत हुदै गरेको नेपालको राजनैतिक परिवर्तनलाई ध्वस्त पार्न सुरु देखि नै एकथरी शक्तिहरु सकृय रहदै आएका थिए र छन।

जनप्रतिनिधिमुलक संस्थामाथी प्रहार गरेर जन्मिएको प्रतिगमनलाई परास्त गरि आज मुलुक पुनस् निर्वाचनको प्रक्रिया हुदै शान्ति र संविधानलाई नयाँ उचाईमा कृयाशिल गर्न सक्रिय रहेको बेला सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार भित्रका द्वन्दकालिन मुद्दालाई उचालेर सम्माननिय सभामुखमाथि आक्रमण गर्नु प्रतिक्रियावादी षड्यन्त्रको गम्भीर अभिव्यक्ति हो।

यो कार्य शान्ति, संविधान र समृद्धिको नेपाली मौलिक बाटोलाई ध्वँस गर्ने, परिवर्तनको मार्गबाट देशलाई विचलित गराउने र मुलुकलाई बहुआयामिक द्वन्द्वतिर धकेल्ने उद्देश्यद्वारा प्रेरित छ।

यो विषय सामान्य छैन। यो राष्ट्रिय सिमाबाट मात्र निर्देशित पनि छैन। यसले लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिलाई बिभाजित गर्ने, क्रान्तिकारी जनसमुदायलाई अलगावमा पार्ने र देशलाई परिवर्तनको मार्गबाट पछाडी धकेल्न चाहन्छ। यसबाट उत्पन्न हुने दुरगामी परिणामको आकलन गरि नियोजित रूपमा खडा गरिएका षड्यन्त्रका तानाबानाको अझ बढी एकतावद्द भै जमेर प्रतिवाद गरौं।

मंगलबार  १४ जना नागरिक अभियन्ताहरुले सभामुख सापकोटालाई महाअभियोग लगाएर हटाउन माग गरेका थिए ।