५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीको पानीका कारण उपत्यकामा खानेपानीको अभाव कम



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा वर्षाका कारण मेलम्चीको पानी रोकिए पनि बागमतीको पानी प्रयोगमा ल्याइएकाले खानेपानीको अभाव केही कम भएको छ ।

सरकारले वर्षाका कारण मेलम्ची नदीबाट गत महिनादेखि नै पानी पठाउन सकेको छैन । अहिले बागमती नदीको पानी प्रशोधन गरेर दैनिक साढे पाँच करोड लिटर पानी ल्याउन सकिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । बागमतीको पानी र अरु स्रोत गरी अहिले दैनिक १५ देखि १६ करोड लिटर पानी वितरण भइरहेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वर्षाका कारण हाम्रो आफ्नो स्रोतमा उत्पादन पनि बढेको छ । बागमतीको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेर ल्याइएको छ ।” प्रवक्ता राईका अनुसार केन्द्रमा आएपछि मेलम्चीको लाइनबाटै पानी वितरण भइरहेको छ ।
वर्षाको समयमा दैनिक १५ देखि १६ करोड पानी उत्पादन भइरहेको र उपत्यकामा माग दैनिक ४७ करोड लिटर रहेको छ । मागभन्दा आधाभन्दा कम पानी वितरण भइरहेकाले यो पर्याप्त नभएको उहाँको भनाइ थियो ।

प्रवक्ता राईले भन्नुभयो, “उपत्यकामा वितरण गर्नका लागि पानी पर्याप्त नभए पनि धेरै समस्या अहिले छैन ।” बागमती नदीबाट अहिले ल्याइरहेको परिमाणभन्दा थप पानी ल्याउन सकिने भए पनि त्यसका लागि अझै संरचना निर्माण गर्न आवश्यक रहको उहाँले बताउनुभयो । प्रवक्ता राईका अनुसार लिमिटेडले त्यसका लागि पाइप लाइन विस्तार गरिरहेको छ तर पूरा भैसकेको छैन ।

काठमाडौँ उपत्यकामा लामो समयदेखि खानेपानीको अभाव हुँदै आएको र त्यही अभाव पूर्तिका लागि दुई दशक पहिले मेलम्ची खानेपानी आयोजनाको अवधारणा ल्याइएको थियो । तीन वर्ष पहिलेदेखि आयोजनाबाट पानी ल्याउन थालिए पनि विसं २०७८ असार १ गते आयोजना स्थलभन्दा माथिल्लो भागबाट आएको बाढीका कारणले सम्पन्न हुने क्रममा रहेका आयोजनाका संरचनामा क्षति पुगेको थियो । ती संरचनाको पुन:निर्माण अहिले पनि भइरहेको छ ।

विसं २०७९ र यो वर्षको पनि हिउँदमा पानी ल्याइएको थियो । हिउँदमा मेलम्ची नदीबाट दैनिक १७ करोड खानेपानी ल्याइने गरिएको छ । त्यो पानी र लिमिटेडको आफ्नो उत्पदानका कारण उपत्यकामा खानेपानीको अभाब केही कम भएको थियो । लिमिटेडले उपत्यकाका आसपास अरु स्रोतहरु पनि खोजी गर्दै आएको छ ।




भर्खरै