३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलजला गाउँपालिकाले जुवातास खेल्ने र खेलाउने दुवैलाई जरिवाना तिराउने



अ+ अ-

पर्वत । गाउँमा जुवातास, लागुपदार्थ र घरेलु हिंसाका घटना बढ्दै गएपछि पर्वतको जलजला गाउँपालिका–१ ले जुवातास खेल्ने र खेलाउने दुवैलाई जरिवाना तिराउने निर्णय गरेको छ ।

बाँसखर्कस्थित वडा कार्यालयमा मङ्गलबार बसेको बैठकले जुवातास, मदिरा र लागुपदार्थ नियन्त्रण अभियान चलाउने निर्णय गर्दै जरिवाना रकमसमेत टुङ्गो लगाएको हो । वडाध्यक्ष जकबहादुर रोकाले जुवातास खेलाउनेलाई रू ५० हजार र खेल्नेलाई रू पाँच हजार जरिवाना तोकिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मदिरा सेवन गर्न नपाउने नियम बनाइएको छ । लागुपदार्थका कारण घरेलु हिंसा, झै–झगडालगायत सामाजिक विकृतिका घटना बढ्नुका साथै आर्थिक अवस्था कमजोर भएका नागरिकका परिवारलाई जीविकोपार्जनमा थप समस्या हुन थालेपछि स्थानीय जनप्रतिनिधिले जरिवाना तिराउने निष्कर्ष निकालिएको वडाध्यक्ष रोकाले बताउनुभयो ।

“जुवातास, मदिरा र लागुपदार्थका कारण वडामा सामाजिक सद्भाव बिग्रिन थालेको महसुस गरेका छौँ”, उहाँले भन्नुभयो, “लागुपदार्थविरुद्ध निगरानी बढाउनुका साथै सचेतनामूलक अभियान चलाएका छौँ ।” उहाँका अनुसार मगर र दलित समुदायको बाहुल्यता रहेको यस वडामा मदिरा र लागुपदार्थको सेवन बढी मात्रामा हुने गरेको छ ।

यस्ता गतिविधिले बालबालिकालाईसमेत नकारात्मक असर पारिरहेकाले लागुपदार्थ नियन्त्रणका लागि जरिवाना तिराउनु आवश्यक देखिएको बताउँदै वडाध्यक्ष रोकाले वडाले गरेको निर्णय अटेर गरेमा सुरक्षा निकायसँग समन्वय गरेर कारबाहीको दायरमा ल्याइने जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका ग्रामीण क्षेत्रमा पछिल्ला केही वर्षयता घरेलु हिंसाका घटना बढ्दै गएका छन् ।

गत आर्थिक वर्षमा मात्रै ४५ जनाले आत्महत्या गरेका छन् भने १७ जबर्जस्ती करणीका घटना भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार यसबाहेक झै–झगडा, कुटपिटलगायतका एक सय बढी मुद्दा दर्ता भएका छन् ।रासस