२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरमा उडुस परेर हैरान हुनुहुन्छ ? यस्ता छन् छुटकारा पाउने घरेलु उपाय



अ+ अ-

एजेन्सी । घरमा उडुस परेमा मानिसको टाउको दुख्न थाल्छ । उडुस आतंकबाट पीडित भएकाहरुले मात्र यसको झन्झटबारे थाहा पाउन सक्छन् । उडुसको टोकाइबाट रातभर सुत्न पाइँदैन ।

यसबाट कसरी मुक्ति पाउन सकिन्छ भनेर मानिसमा अनेक उपाय खोज्ने इच्छा हुन्छ । उडुसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुनुका साथै विभिन्न रोगहरुसमेत लाग्नसक्छ ।

उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई निर्मुल पार्न एकदमै कठिन हुन्छ । एउटा माउ उडुसले आफ्नो जीवन कालभर पाँचसय अण्डा पार्छ । यसरी गुणात्मकरुपमा फैलिने जाँदा यसले पूरै घर, छिमेकलाई समेत प्रभावित बनाउँछ । यसको नियन्त्रणमा जति ढिलाइ गर्यो, त्यति नै सास्ती भोग्नुपर्ने भएकाले यसलाई बैलेमा निर्मुल पार्नुपर्छ ।

उडुसले शरीरको कुनै पनि भागमा सजिलैसाग टोक्न सक्छ । यसैबीच आज उडुस भगाउने केही घरेलु विधिहरुबारे चर्चा गरौं ।

पुदिना रसः
उडुसले पुदिनाको गन्ध सहन सक्दैन । त्यसैले, पुदीनाका केही पात आफ्नो ओछ्यानको नजिक राख्नुहोस् । सुत्ने बेला तपाईं पुदिनाका पात पिसेर आफ्नो शरीरमा दल्न पनि सक्नुहुन्छ । यसो गर्दा उडुसको टोकाइबाट बच्न सकिन्छ ।

रातो खुर्सानीः
रातो खुसार्नीको गन्धले पनि उडुसहरू भाग्छन् । तपाईंले रातो खुर्सानीको धूलो बनाएर उडुस भएको ठाउँमा स्प्रे पनि गर्न सक्नुहुन्छ । यसो गर्नाले उडुस निष्क्रिय हुन्छ ।

लेवेण्डरः
उडुसले लेवेण्डरको गन्ध सहन गर्न सक्दैन । त्यसैले, तपाईँ लेवेण्डरको पात उडुस भएको कपडामा दल्न सक्नुहुन्छ । लेवेण्डरको पर्फ्युम स्प्रे गर्नाले पनि तिनको प्रकोपबाट बच्न सकिन्छ ।

रोजमेरीः
उडुस रोजमेरीको गन्धले पनि भाग्छ । तिनको नियन्त्रणका लागि तपाईं रोजमेरीको स्प्रे बनाएर पनि सम्भाव्य ठाउँहरूमा छर्कन सक्नुहुन्छ । राति यो विधिको प्रयोग गरी ढुक्कसँग निदाउनुहोस् ।

नीलगिरीः
नीलगिरीमा औषधीय गुण हुनुका साथै उडुस मार्ने क्षमता पनि हुन्छ । तपाईं यसको केही थोपा उडुस भएको ठाउँमा छर्कन सक्नुहुन्छ । साथै, नीलगिरीको तेल, रोजमेरी तथा लेवेण्डरको स्प्रे बनाई छर्किएर पनि उडुसबाट छुटकारा पाउन सकिन्छ ।

बिनका पात:
उडुसले हैरान पारेको खण्डमा हामीले बिनका पातहरूको प्रयोग गर्यौँ भने पनि उडुस समस्याबाट सजिलैसँग छुटकारा मिल्नुका साथै मानिसहरूले उचितको निन्द्रा प्राप्त गर्न सक्छन् । तपाईं पनि बिनका पात तथा रसको प्रयोग गरी उडुस निर्मूल पार्न सक्नुहुन्छ ।

टी ट्री स्प्रेः
टी ट्रीको तेल एण्टी माइक्रोबियलको रूपमा परिचित छ । उडुसबाट छुटकारा पाउन पनि यो उत्तिकै उपयोगी छ । यसको प्रयोगका लागि टी ट्रीको तेलको एउटा ठूलो सिसी खरीद गर्नुहोस् । यसमा अलिकति पानी मिसाएर केही पातलो बनाउनुहोस् । अब यसलाई स्प्रे बोतलमा भरेर भित्ता, पलङ, दराज, फर्निचर, डसना, कपडालगायत सामग्रीमा छर्कनुहोस् ।

नीमको तेलः
नीमको तेल उत्तर भारतमा पाइने नीमबाट निकालिन्छ । यसमा धेरै एण्टी माइक्रोबियल गुण हुन्छन् । कीराहरू टाढा राख्न यसको प्रयोग गरिन्छ । नीमको तेल औषधि पसलमा पाइन्छ । यसको प्रयोग उडुस भएको ठाउँ तथा घरको सबै भागमा छर्केर गर्न सकिन्छ ।