३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

घरमा उडुस परेर हैरान हुनुहुन्छ ? यस्ता छन् छुटकारा पाउने घरेलु उपाय

घरमा उडुस परेर हैरान हुनुहुन्छ ? यस्ता छन् छुटकारा पाउने घरेलु उपाय
अ+ अ-

एजेन्सी । घरमा उडुस परेमा मानिसको टाउको दुख्न थाल्छ । उडुस आतंकबाट पीडित भएकाहरुले मात्र यसको झन्झटबारे थाहा पाउन सक्छन् । उडुसको टोकाइबाट रातभर सुत्न पाइँदैन ।

यसबाट कसरी मुक्ति पाउन सकिन्छ भनेर मानिसमा अनेक उपाय खोज्ने इच्छा हुन्छ । उडुसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुनुका साथै विभिन्न रोगहरुसमेत लाग्नसक्छ ।

उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई निर्मुल पार्न एकदमै कठिन हुन्छ । एउटा माउ उडुसले आफ्नो जीवन कालभर पाँचसय अण्डा पार्छ । यसरी गुणात्मकरुपमा फैलिने जाँदा यसले पूरै घर, छिमेकलाई समेत प्रभावित बनाउँछ । यसको नियन्त्रणमा जति ढिलाइ गर्यो, त्यति नै सास्ती भोग्नुपर्ने भएकाले यसलाई बैलेमा निर्मुल पार्नुपर्छ ।

उडुसले शरीरको कुनै पनि भागमा सजिलैसाग टोक्न सक्छ । यसैबीच आज उडुस भगाउने केही घरेलु विधिहरुबारे चर्चा गरौं ।

पुदिना रसः
उडुसले पुदिनाको गन्ध सहन सक्दैन । त्यसैले, पुदीनाका केही पात आफ्नो ओछ्यानको नजिक राख्नुहोस् । सुत्ने बेला तपाईं पुदिनाका पात पिसेर आफ्नो शरीरमा दल्न पनि सक्नुहुन्छ । यसो गर्दा उडुसको टोकाइबाट बच्न सकिन्छ ।

रातो खुर्सानीः
रातो खुसार्नीको गन्धले पनि उडुसहरू भाग्छन् । तपाईंले रातो खुर्सानीको धूलो बनाएर उडुस भएको ठाउँमा स्प्रे पनि गर्न सक्नुहुन्छ । यसो गर्नाले उडुस निष्क्रिय हुन्छ ।

लेवेण्डरः
उडुसले लेवेण्डरको गन्ध सहन गर्न सक्दैन । त्यसैले, तपाईँ लेवेण्डरको पात उडुस भएको कपडामा दल्न सक्नुहुन्छ । लेवेण्डरको पर्फ्युम स्प्रे गर्नाले पनि तिनको प्रकोपबाट बच्न सकिन्छ ।

रोजमेरीः
उडुस रोजमेरीको गन्धले पनि भाग्छ । तिनको नियन्त्रणका लागि तपाईं रोजमेरीको स्प्रे बनाएर पनि सम्भाव्य ठाउँहरूमा छर्कन सक्नुहुन्छ । राति यो विधिको प्रयोग गरी ढुक्कसँग निदाउनुहोस् ।

नीलगिरीः
नीलगिरीमा औषधीय गुण हुनुका साथै उडुस मार्ने क्षमता पनि हुन्छ । तपाईं यसको केही थोपा उडुस भएको ठाउँमा छर्कन सक्नुहुन्छ । साथै, नीलगिरीको तेल, रोजमेरी तथा लेवेण्डरको स्प्रे बनाई छर्किएर पनि उडुसबाट छुटकारा पाउन सकिन्छ ।

बिनका पात:
उडुसले हैरान पारेको खण्डमा हामीले बिनका पातहरूको प्रयोग गर्यौँ भने पनि उडुस समस्याबाट सजिलैसँग छुटकारा मिल्नुका साथै मानिसहरूले उचितको निन्द्रा प्राप्त गर्न सक्छन् । तपाईं पनि बिनका पात तथा रसको प्रयोग गरी उडुस निर्मूल पार्न सक्नुहुन्छ ।

टी ट्री स्प्रेः
टी ट्रीको तेल एण्टी माइक्रोबियलको रूपमा परिचित छ । उडुसबाट छुटकारा पाउन पनि यो उत्तिकै उपयोगी छ । यसको प्रयोगका लागि टी ट्रीको तेलको एउटा ठूलो सिसी खरीद गर्नुहोस् । यसमा अलिकति पानी मिसाएर केही पातलो बनाउनुहोस् । अब यसलाई स्प्रे बोतलमा भरेर भित्ता, पलङ, दराज, फर्निचर, डसना, कपडालगायत सामग्रीमा छर्कनुहोस् ।

नीमको तेलः
नीमको तेल उत्तर भारतमा पाइने नीमबाट निकालिन्छ । यसमा धेरै एण्टी माइक्रोबियल गुण हुन्छन् । कीराहरू टाढा राख्न यसको प्रयोग गरिन्छ । नीमको तेल औषधि पसलमा पाइन्छ । यसको प्रयोग उडुस भएको ठाउँ तथा घरको सबै भागमा छर्केर गर्न सकिन्छ ।