९ आश्विन २०८१, बुधबार
,
Latest
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुन: सञ्चालन बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर? अन्नपूर्ण क्षेत्र सरसफाइ अभियान: सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन अहिलेको आर्थिक विकास मोडलले नै असमानता बढायो: विज्ञहरु परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान सिराहामा बाबुको हत्या अभियोगमा छोरा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोसीमा सत्ताको सकस: ज्येष्ठ सदस्य गयानन्द मण्डल कृषि राज्यमन्त्री नियुक्त



अ+ अ-

बिराटनगर ।‌ नेपाली कांग्रेसका कोसी प्रदेशसभा ज्येष्ठ सदस्य गयानन्द मण्डल कृषि राज्यमन्त्री नियुक्त हुनु भएको छ ।

मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले मण्डललाई मन्त्री नियुक्त गर्नुभएको हो ।‌ मण्डलले बुधबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिनु भएको हो । कोशी प्रदेश सभामा अहिले सभामुख रिक्त रहेको छ ।

उपसभामुखले सभा नचलाएको अवस्थामा ज्येष्ठ सदस्यले सभा चलाउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । ज्येष्ठ सदस्यले सभा चलाएको अवस्थामा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउन कठिन हुने भएपछि मण्डललाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।