७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पबिरुद्ध चौथो पटक फौजदारी अभियोग



अ+ अ-

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि २०२० मा भएको राष्ट्रपति निर्वाचनमा धाँदली गरेको आरोप लागेको छ ।

सोमवार पूर्वराष्ट्रपति ट्रम्पबिरुद्ध सो आरोप लगाइएको हो । ट्रम्पले सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा जर्जियामा निर्वाचनका दौरान धाँदली गरेको आरोप लागेको एक स्थानीय सञ्चारमाध्यमले जिकिर गरेको छ ।

यस वर्ष पूर्वराष्ट्रपति ट्रम्पबिरुद्ध दायर भएको यो चौथो फौजदारी अभियोग हो । यसअघि पनि ट्रम्प र अन्य १८ जनाबिरुद्ध दक्षिणपूर्वी अमेरिकामा आपराधिक आरोप लागेको थियो । ट्रम्पबिरुद्ध राज्यको र्‍याकेटियरिङ ऐन उल्लंघन गर्ने, सरकारी अधिकारीलाई आफ्नो शपथमा उल्लंघन गर्न आग्रह गरेको, सरकारी अधिकारीको नक्कल गरेको, राज्यबिरुद्ध षड्यन्त्र गरेको लगायतका १३ वटा मुद्दा लगाइएको थियो ।

अहिलेको अभियोग भने फुल्टनका जिल्ला न्यायाधिवक्ता फानी विलिसद्वारा साढे २ वर्षको अनुसन्धानपछि लगाइएको हो । फुल्टन काउन्टी ग्राण्ड जुरीद्वारा जारी गरिएको ४१ पन्ने अभियोग पत्रमा उहाँ र अन्य १८ जनामाथि ठगीको मामिलामा अभियुक्त बनाइएको छ र उनीहरूमाथि अभियोग चलाइनेछ । ट्रम्पले सबै आरोप खारेज गर्दै आउनुभएको छ ।

फेब्रुअरी २०२१ मा, फुल्टन काउन्टीका जिल्ला अधिवक्ता फानी विलिसले ट्रम्प र उहाँका सहयोगीबिरुद्ध चुनावी हस्तक्षेपको आरोपमा अनुसन्धान शुरु गर्नुभएको थियो ।

अभियुक्तको सूचीमा ट्रम्पका पूर्व वकिल रुडी जिउलियानी, ह्वाइट हाउसका पूर्व चीफ अफ स्टाफ मार्क मेडोज, ह्वाइट हाउसका पूर्व सल्लाहकार जोन ईस्टम्यान र न्याय विभागका पूर्व अधिकारी जेफ्री क्लार्कको नाम छ ।