२४ असार २०८३, बुधबार
,
Latest
संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी करेन्ट लागेर कर्मचारीको मृत्यु नारायणी अस्पतालमा लामो समयददेखि जडान हुन नसकेको क्याथ ल्याब जडानको अन्तिम चरणमा पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली धरानबाट दश जना विचौलिया पक्राउ इजरायल जाने नेपाली श्रमिकका समस्या समाधान गर्न नेपाल–इजरायलबीच छलफल युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने खाद्य सुरक्षा अनुगमन प्रभावकारी बनाउन काठमाडौं महानगरले सञ्चालनमा ल्यायो माइक्रोबायोलोजी प्रयोगशाला प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेयमार अल–हिलालमा अनुबन्धित



अ+ अ-

एजेन्सी । ब्राजिलियन स्टार खेलाडी नेयमार पनि साउदी अरब पुगेका छन् ।

साउदी प्रो लिग खेल्नका लागि उनी पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट साउदी पुगेका हुन् । नेयमारले साउदीको क्लब अल-हिलालसँग २ वर्षको सम्झौता गरेका छन् ।

सम्झौता अनुसार उनले वार्षिक ३०० मिलियन डलर प्राप्त गर्दा एडअन र कमर्सियल डिलमार्फत ४०० मिलियन पुग्ने घोषणा गरिएको छ ।

अल हिलालबाट नेयमारले १० नम्बरको जर्सी लगाउनेछन् । उनी सन् २०१७ मा विश्व कीर्तिमानी मूल्य २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजीमा आएका थिए ।

पिएसजीका लागि १ सय ७३ खेल खेलेका नेयमारले क्लबलाई १३ उपाधि जिताएका छन् । पिएसजीमा नेयमारले ११२ खेलमा ८२ गोल गरेका थिए ।

यो सिजन करिम बेन्जेमा, एनगोलो कान्टे, जोर्डन हेन्डरसन, रुवेन नेभ्स, साडियो माने र रोबर्टो फिर्मिनोजस्ता चर्चित खेलाडी साउदी गएका थिए ।

गत जनवरीमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो म्यानचेष्टर युनाइटेडबाट साउदी क्लब अल नासरमा आएका थिए । त्यसपछि चर्चित खेलाडीहरु साउदी जाने ढोका खुलेको थियो ।