४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’

चीनसँगको निर्यात व्यापार दोब्बरले बढ्यो

चीनसँगको निर्यात व्यापार दोब्बरले बढ्यो
अ+ अ-

काठमाडौं । गत आर्थिक वर्षमा चीनमा निर्यात व्यापार दोब्बरले बढेको छ । कोभिडपछि सुस्त रहेको व्यापार गत आवमा आएर पौने दुई अर्ब रुपियाँको निर्यात भएको हो । चीन सरकारले नेपालतर्फबाट जाने सामान निर्यातका लागि बनाएको प्रोटोकल सजिलो बनाएकाले पनि निर्यातमा उल्लेख्य वृद्धि भएको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७९/८० चीनमा एक अर्ब ७६ करोड ५७ लाख ८६ हजार रुपियाँको सामान निर्यात भएको छ । अघिल्लो आव २०७८/८० मा ८० करोड ८७ लाख ५४ हजार रुपियाँको सामान निर्यात भएको थियो । कोभिडको प्रभाव कम हुँदै गएको र चीनले नेपालको व्यापार सहज गरेकाले पनि निर्यातमा वृद्धि भएको हो । व्यापारविज्ञ रविशङ्कर सैँजूले चीनमा व्यापार बढ्नु सकारात्मक भएको बताए ।

कोभिडका कारण अघिल्लो वर्ष निर्यात न्यून थियो, गत वर्ष चीन सरकारले स्वदेशी सामान निर्यातमा लगाउँदै आएको प्रोटोकल लुज गरेकाले निर्यात बढ्न गएको हो । भारतपछिको ठुलो बजार चीन भएकाले स्वदेशी वस्तुको निर्यात बढाउने पर्याप्त सम्भावना भएकाले निर्यात बढाउनेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

“चीनकै अरू प्रान्तबाट सामान ल्याउनभन्दा नेपालबाट सामान लैजान नजिक पर्ने हुँदा लागत कम हुन्छ,” उहाँले भन्नुभयो, “क्वारेन्टाइनका मापदण्ड पूरा गर्न नसक्दा, अर्गानिक उत्पादनसँगै अन्य पूर्वाधार निर्माण गर्न नसक्दा निर्यातमा समस्या छ ।”

विभागका अनुसार आव २०७७/७८ मा एक अर्ब एक करोड रुपियाँ बराबरको सामान निर्यात भएको थियो । यस्तै आव २०७५/७६ मा नेपालबाट दुई अर्ब सात करोड रुपियाँको सामान निर्यात भएको तथ्याङ्क छ ।

चीन नेपालको वैदेशिक व्यापारको दोस्रो साझेदार मुलुक हो । चीनतर्फ निर्यात न्यून रहे पनि आयात भने उच्च परिणाममा हुने गरेको छ । आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात नहुँदा व्यापार घाटा बढ्दै गएको छ ।

आव २०७९/८० चीनबाट दुई खर्ब २२ अर्ब ७१ करोड ५९ लाख रुपियाँको सामान आयात भएको छ । आव २०७८/७९ मा दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख रुपियाँको सामान आयात भएको थियो । आव २०७७/७८ मा दुई खर्ब ३३ अर्ब रुपियाँको सामान आयात भएको तथ्याङ्क छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।