१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र रावलबीच के–के कुरा भयो ?



अ+ अ-

काठमाडौँ । लामो समयदेखि पार्टीका गतिविधिमा निष्क्रिय रहेका नेकपा एमाले नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

मंगलबार ललितपुरस्थित पार्टी मुख्याचलय च्यासलमा दुई शीर्षनेताहरूबीच भेटवार्ता भएको हो । भेटपछि भीम रावलले पत्रकारहरूसँग छोटो कुराकानी गर्दै देशको स्थितिबारे छलफल भएको बताए । उनले आ–आफ्ना विचारहरू राखेको र सामान्य कुराकानी भएको जानकारी दिए ।

‘हाम्रोबीच भेट नभएको धेरै भएको थियो । आज भलाकुसारी गर्‍यौं । के छ, कस्तो छ, र अहिले देशको स्थिति, पार्टीको अवस्था के छ, कस्तो छ । यसमा हाम्रा सोच दृष्टिकोणहरू के छ । त्यसमा सामान्य कुराकानी भयो । अब फेरि कुराकानी गर्ने भन्नेभयो,’ नेता रावलले भने ।

रावल एमालेमै रहे पनि कुनै पनि जिम्मेवारीमा छैनन् । पछिल्लो समय उनी पार्टीका गतिविधिमा निष्क्रिय नै छन् ।

जिम्मेवारी दिनेबारे के छलफल भयो भन्ने क्रममा रावलले भने – ‘होइन, हामीले अघि नै भनेका थियौं । धेरै लामो समयपछि भेटघाट भएको हो । अब उहाँ पार्टीको अध्यक्ष, अध्यक्षसँग धेरै देश–विदेशको बारेमा जानकारी हुन्छ । सूचना हुन्छ । अब म पनि अध्ययन गरिरहेको मान्छे । आफ्ना विचारहरू अहिलेको स्थिति के छ, कस्तो छ भन्ने कुराकानी भयो । अब फेरि कुराकानी गरौंला भन्ने भयो । यतिमात्रै भयो ।’

एमालेको १० औं महाधिवेशनमा रावलले ओलीविरूद्ध अध्यक्षमा उम्मेदवारी दिएपछि उनीहरूबीच तिक्ततापूर्ण सम्बन्ध रहेको थियो । गत चुनावमा ओलीले रावललाई प्रत्यक्षतर्फ उम्मेदवार बन्न टिकट नदिएपछि पनि रावल असन्तुष्ट बनेका थिए ।