२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए



अ+ अ-

काठमाडौँ । गृह मन्त्रालय चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । मन्त्रालयले आज चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।

सप्तरीका प्रजिअ भूपेन्द्र थापालाई चितवन सरुवा गरिएको छ । चितवनका प्रजिअ सुरेन्द्र पौड्याललाई नुवाकोट पठाइएको छ । मन्त्रालयले नुवाकोटका प्रजिअ किरण थापालाई सप्तरी सरुवा गरेको छ ।

यस्तै धनुषाका प्रजिअ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरिएको छ । विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको प्रजिअ बनाइएको मन्त्रालयले जनाएको छ । रासस