२८ भाद्र २०८३, आईतवार
,
Latest
स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीको विरोधमा देशभर कार्यकर्ता उतार्दै एकीकृत समाजवादी



अ+ अ-

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)ले एमसीसी सम्झौताको विरोधमा देशव्यापी आन्दोलन गर्ने भएको छ । 

बुधवार बसेको एकीकृत समाजवादीको मोर्चा संगठनको बैठकले फागुन १ गते देशभर एकैपटक एमसीसीको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको हो । 

सो दिन दिउँसो २ बजे देशका ७७ वटै जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख तथा पार्टी उपमहासचिव डा विजयकुमार पौडेलले जानकारी दिए । 

विरोध प्रदर्शनका लागि पार्टीका जनवर्गीय तथा पेशागत संगठनहरुलाई निर्देशन समेत दिइएको उनले बताए । 

अब बस्ने संसद बैठकबाट एमसीसी प्रस्ताव पास गर्ने सरकारको तयारी छ । सत्ता गठबन्धनभित्रै पनि एमसीसीका बारेमा एकमत हुन सकिराखेको अवस्था छैन । 

सत्ता साझेदार एकीकृत समाजवादीले एमसीसीका केही बूँदा आपत्तिजनक रहेको भन्दै विना संशोधन पास गर्न नहुने अडान राखेको छ । 

यता, एमसीसी मुख्यालयले भने हुबहु सम्झौता पास गर्न फागुन १६ को समयसीमा तोकेको छ ।