९ श्रावण २०८३, शनिबार
,
Latest
स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार दिनमै सनी देवलको ‘गदर २’ले कमायो १७३ करोड



अ+ अ-

एजेन्सी । सनी देवलको फिल्म ‘गदर–२’ ले हरेक दिन नयाँ रेकर्ड तोडिरहेको छ । फिल्मले सोमबार ३९ करोड कमाएको छ । योसँगै यो फिल्म सोमबारको दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।

अर्कोतर्फ, अक्षय कुमार स्टारर ओएमजी–२ ले राम्रो प्रदर्शन जारी राखेको छ। फिल्मले रिलिजको चौथो दिनमा १२ करोड कमाएको थियो । योसँगै यो फिल्मको कुल कलेक्सन ५५ करोड पुगेको छ ।

गदर–२ को सन्दर्भमा यो फिल्म स्वतन्त्रता दिवसमा २०० करोड क्लबमा सामेल हुने अपेक्षा गरिएको छ । यो फिल्मले पहिलो दिन ४० करोड, दोस्रो दिन ४३ करोड र तेस्रो दिन ५२ करोड कमाएको थियो । सोमबार ३९ करोड कमाएपछि फिल्मको कुल कलेक्सन अहिले १७३ करोड पुगेको छ । योसँगै सनीको अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।

अनिल शर्माको निर्देशन रहेको यो फिल्म २००१ को गदरको सिक्वेल हो । फिल्ममा सनी देवलसँगै अमिशा पटेल, उत्कर्ष शर्मा, मनिष वधवा, गौरव चोपरा लगायतको भूमिका रहेको छ ।